मुस्ताङमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

‘प्रविधिको सही प्रयोग गरौ, लैंगिक हिंसा अन्त्य गरौं’ नारासहित हिमाली जिल्ला मुस्ताङमा अन्तराष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ भएको छ । एकिकृत सेवा कार्यालय मुस्ताङको आयोजना तथा घरपझोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वय र सहकार्यमा मंगलबार बर्सेनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाईने महिला हिंसा विरुद्धको १६ दिने अभियान औपचारिक रुपमा प्रभातफेरी सहित कोणसभा गरी शुभारम्भ गरिएको हो ।

मुस्ताङको माईनस डिग्री तापक्रममा समेत  यहाँका विभिन्न संघसंस्था, महिला समुह,नागरिक समाज,सुरक्षा निकाय,कार्यालय,पाईला नेपाल,एन.सि.ई. नेपाल मुस्ताङ, विद्यार्थी र पत्रकार लगायतको समुहले महिला हिंसा विरुद्धको १६ दिने अभियानमा उत्साहजनक रुपमा सहभागिता जनाएको एकिकृत सेवा कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । उहाँका अनुसार घरपझोङ—३ पुथाङ एयरपोर्ट सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान प्रभातफेरी विभिन्न प्लेकार्ड र ब्यानरसहित जोमसोम बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयको मुल गेटमा कोण सभा गरी शुभारम्भ गरिएको बताउँनुभयो ।

अभियानलाई जिल्ला समन्वय समिति  मुस्ताङका उपप्रमुख आईतेलाल थकाली, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मा लगायतले महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई भव्य र सम्य रुपमा सफल पार्न आह्वान गर्नुभएको थियो ।

अभियान शुभारम्भ कार्यक्रममा आयोजित महिला हिंसा विरुद्धको १६ दिने अयिभानको प्रतिवद्धता सहित हस्ताक्षर संकलन सुरु गरिएको छ । ‘ म लैंगिक हिंसा गर्दिन,सहने छैन र अरु कसै माथि भएको हिंसामा चुप लागेर बस्ने छैन’ लेखिएको प्रतिवद्धता ब्यानरमा जिसस उपप्रमुख आईतेलाल थकाली, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र प्रमुख जिल्ला अधिकारी अजिता शर्मा लगायतले प्रतिवद्धतासहित हस्ताक्षर गर्नुभएको छ ।

यहाँ आयोजित अभियान शुभारम्भ कार्यक्रममा एकिकृति सेवा कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले  महिलो हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको कार्यतालिका प्रस्तुत गर्नुभएको थियो ।


प्रतिक्रिया