यसवर्षको चैत कृष्ण औसी तिथिमा मुस्ताङको कागबेनीधाममा श्राद्ध गरी मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीको संख्या न्यून रहेको जनाईएको छ । बर्सेनि बडा दसै र चैत दशै अघिको औसी तिथिमा हजारौं श्रद्धालुहरु मुस्ताङ आउने गरेकोमा यसवर्ष ज्यादै कम संख्यामा दर्शनार्थी पर्यटक मुस्ताङ आएको बताईएको छ ।
बर्सेनि बडा दसै र चैते दसै औशी तिथिमा दिवंगत पितृ उद्दारका लागि श्राद्ध,तर्पण र पिण्डदान लगायतका धार्मिक कर्म गर्न कागबेनीधाममा उल्लेख्य भक्तजनको आईरोनै लाग्ने गथ्र्यो । तर, यसपटक भने विगत वर्षहरुको तुलनामा आधा भन्दा अझै कम दर्शनार्थी पर्यटक कागबेनी आएको त्यहाँका पर्यटन व्यवसायी दिपक मगरले जानकारी दिनुभयो । उहाँका अनुसार विगतमा औसी तिथिमा कागबेनीमा श्राद्ध गर्न आउने दर्शनार्थीहरुको भीडले कागबेनीका होटलहरु खचाखच दर्शनार्थीले भरिने गरेको र कतिपय बास नपाएर अलपत्र पर्ने अवस्था रहेकोमा अहिले त्यस्तो अवस्था नरहेको पर्यटन व्यवसायी मगरको भनाई छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाम धार्मिक दृष्टिकोणले महत्वपूर्ण धार्मिक गन्तब्यको रुपमा लिईने गरिएको छ । कालिगण्डकी नदी र कालिगण्डकी नदीको संगमस्थल कागबेनीधाममा दिवंगत पितृहरुको नाममा श्राद्ध,पिण्डदान र तर्पण आदी गर्नाले धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास रहीआएको छ । यहाँ कागभुसुन्डे ऋिषिले तिलिचो तालमा तपस्या गरी कागखोलामा स्नान गरेको भन्न धार्मिक किवंदन्ती छ ।
चालु आ.व.को बडा दसैं औसी तिथिमा समेत मुस्ताङको कागबेनीमा औसी नुहाउन बिसौं हजार बढी श्रद्धालु भक्तजनहरु उपस्थित हुने गरेकोेमा बुधबार र बिहिबारको चैत कृष्ण औसी तिथिमा करिव १० हजारको हाराहारीमा मात्रै दर्शनार्थी पर्यटक मुस्ताङ भित्रिएको कागबेनी स्थित पर्यटन व्यवसायी दीपक मगरको उल्लेख गर्नुभयो ।
चैत कृष्ण औसी तिथि र बडा दसै औसी तिथिमा कागबेनी धामको खेलमैदानमा सयौं सवारी साधनहरु पार्किङ गरिएको हुन्थ्यो । त्यहाँ ट्राफिक प्रहरी र सुरक्षाकर्मीहरुलाई पार्किङ व्यवस्थापन गर्न समेत हम्मेहम्मे पर्दथ्यो । तर, यसपटक त्यस्तो अवस्था नरहेको पर्यटन व्यवसायी मगरको भनाई छ ।
मुस्ताङको कागबेनीधाममा दिवंगत पितृहरुको सम्झना गर्दै श्राद्ध,तर्पण र पिण्डादान लगायतका पुजाअर्चना गरी धार्मिक दर्शनार्थी तिर्थालुहरु मुक्तिनाथ दर्शनका लागि उकालो उक्लिने प्रचलन छ । चैत कृष्ण औसी र बडा दसै अघिको औसी तिथिमा मुक्तिनाथदेखि तलका अधिकाँश होटलहरु दर्शनार्थीहरुले भरिन्थ्यो । यसपटक दर्शनार्थी कम आउँदा मुस्ताङका होटलहरु आशिंक रुपमा मात्रै चलेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिनुभयो ।
यसैगरी चैत कृष्ण औसी तिथिमा दर्शनार्थी कम ंसंख्यामा उपस्थित हुँदा मुक्तिनाथमा पनि विगतको चैत कृष्ण औसीको तुलनामा कम दर्शनार्थीले मुक्तिनाथको दर्शन गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दीपक भुसालले जानकारी दिनुभयो । मध्यपूर्वको द्धन्दका कारण पेट्रोलियम र ग्याँसमा देखिएको अभाव र समस्याका कारण मुक्तिनाथमा औसी तिथिका दर्शनार्थी घटेको हुनसक्ने व्यवस्थापक भुसालको अनुमान छ । औसी तिथिको बुधबार र बिहिबार गरी दुई दिनमा करिव १०÷१२ हजारको हाराहारीमा दर्शनार्थीले मुक्तिनाथको दर्शन गरेको व्यवस्थापक भुसालको भनाई छ । हिउँदयाम समाप्तिसंगै फागुनदेखि औसत दुई तिन हजारको संख्यामा दर्शनार्थी मुक्तिनाथ आउने गरेको भएपनि औसी तिथिमा बिस हजार बढीले दर्शन गर्ने गरेको उहाँले सम्झिनु भयो ।
यसैगरी मुक्तिनाथ स्थित जनप्रिय युवाक्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले यसवर्षको चैत कृष्ण औसी तिथिमा तुलानात्मक रुपमा निकै कम पर्यटक मुक्तिनाथ आएको बताउँनुभयो । विगतमा बडा दसै र चैत दशै औसीमा दर्शनार्थी सवार सवारी साधनको लस्करले रानीपौवा बसपार्क पुरै भरिभराउ भई झारकोट सम्म सवारी पार्किङ गर्नुपर्ने अवस्था रहेकोमा अहिले त्यस्तो अवस्था नरहेको अध्यक्ष ठकुरीको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता