यहाँ स्थित मुस्ताङका किसानलाई आयआर्जनमा योगदान पु¥याउने अनुदान सहयोगमा मौरीसहितका घार वितरण गरेको छ । घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले पालिका अन्तर्गका पाँच वटै वडाका स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितका घार वितरण गर्नुभएको हो ।
गाउँपालिकाले स्थानीय स्याउ किसानसंगको सहलगानीमा ४५ थान मौरीसहितका घार खरिद गरी वितरण गरेको हो । घरपझाङका किसानलाई चालु आ.व.को विनियोजित बजेट दुई लाख ५० हजार र स्थानीय स्याउ किसानहरुको दुई लाख ५० हजार लागत साझेदारी रहने गरी कृषक माग संख्याका आधारमा ४५ थान मौरीसहितका घारहरु वितरण गरिएको अध्यक्ष मोहनसिंह लालचनले बताउँनुभयो । स्याउको खेतीको गुणस्तर तथा उत्पादन वृद्धि गरी किसानहरुको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाद्वारा मौरीसहितका घार वितरण गरेको अध्यक्ष लालचनले जानकारी दिनुभयो ।
पछिल्लो समय मुस्ताङका किसानले स्याउ उत्पादनलाई प्रभाविकारी बनाउँन मौरी चरन व्यवस्थापनमा जोड दिन थालेका हुन् । यसअघि पनि यहाँको घरपझोङ गाउँपालिकाले यहाँका स्याउ किसानलाई अनुदानमा मौरीसहितका घारहरु वितरण गरेको थियो ।
बशन्तऋतुको आगमनसंगै मुस्ताङका स्याउ बगैचामा स्याउका बोटहरुमा फूल फूल्ने सिजन सुरु हुन थालेको छ । स्याउको फूल फूल्ने सिजनको छेको पारेर घरपझोङ गाउँपालिकाले किसानलाई मौरीसहितका घारहरु वितरण गरेको हो । प्रति मौरीसहितका घारको मूल्य ढुवानीसहित एघार हजार मुल्य पर्ने बताईएको छ । स्याउ फार्म,सहकारी,समुह र व्यक्तिगत स्याउ फार्म किसानलाई स्याउको परागसेचन (पोलिनेसन) वृद्धि गर्न मौरीसहितका घारहरु अनुदानमा हस्तान्तरण गरिएको हो ।
विगत १८ वर्षदेखि मौरी व्यवसाय गर्दै आउनु भएको पोखरा स्थित बेगनास मौरी घार उद्योग)का व्यवसायी सूर्यप्रसाद लामिछानेले मुस्ताङमा स्याउ लगायतका रैथाने फलफूलको उत्पादन तथा गुणस्तर वृद्धिका लागि मौरीपालन आवश्यक रहेको बताउँनुभयो । स्याउको फूल फूल्ने बेला फ्रुड सेटिङका लागि स्याउ बगैचा भित्र मौरी पालनले परागतसेचनामा सहयोग पु¥याउने व्यवसायी लामिछाने बताउँनुहुन्छ । स्याउ बगानको चरनक्षेत्रमा फैलिएका मौरीहरुले फूलको सुगन्ध लिने र अन्य बोटका फूलमा परागत सेचन गराउने व्यवसाय लामिछानेको भनाई छ । मौरी पालन मार्फत परागसेचना गराउनाले स्याउ बोट स्वस्थ्य हुने र यसले गुणस्तरीय फल उत्पादनमा सहयोग पुग्ने व्यवसायी लामिछानेले उल्लेख गर्नुभयो ।
मुस्ताङमा पछिल्लो समय व्यवसायिक रुपमा स्थानीय तथा हाईब्रिड स्याउको खेती गर्ने गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता