मुस्ताङका डिएसपी पाण्डे गणतन्त्र दिवसमा सम्मानित

   उत्कृष्ट कार्यसम्पादन गरेवापत मुस्ताङका प्रहरी प्रमुख प्रनाउ भोजराज पाण्डेय सहित ३ जना प्रहरी अधिकृत पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवस २०८० को अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरुलाई पुरस्कृत गर्ने क्रममा प्रनाउ पाण्डेय सहित ३ जना प्रहरी अधिकृतहरुलाई मंगलबार गणतन्त्र दिवस २०८१ को अबसरमा आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले  प्रमाणपत्र सहित सम्मान गरेका हुन् ।

बिपद ब्यबस्थापन र शान्ति सुरक्षा ब्यबस्थापन लगायतका कार्यहरुमा उत्कृष्ट कार्यसम्पादन  गरेबापत सुरक्षा निकाय अन्तर्गत गण्डकी प्रदेशले छैटो वर्ष पुरा गरी सातौ वर्ष प्रवेश गरेको उपलक्ष्यमा  मुस्ताङका प्रनाउ पाण्डेयसहित  तत्काल पोखरा स्थित तालिम केन्द्रमा कार्यरत प्रबउ अरुण पौडेल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापालार्इ नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

उत्तरी चिनसंग सिमानाका जोडिएको हिमाली जिल्ला मुस्ताङमा विगत ८ महिनादेखि प्रनाउ पाण्डेय  कार्यरत रहदै आईरहेका छन् । धार्मिक तथा पर्यटकीय जिल्लामा प्रहरी प्रमुखको भूमिकामा रही  पर्यटक तथा स्थानीय नागरिकको शान्ति सुरक्षा तथा समाजमा हुने बिकृति बिसंगति न्यूनीकरण गर्न टोलटोलमा सचेतना कार्यक्रम संचालन गर्दै अहोरात्र प्रहरी कार्यसम्पादनमा खटिदै उत्कृष्ट योगदान पु¥याएवापत मुस्ताङका प्रनाउ पाण्डेयलाई गण्डकी प्रदेश सरकारले उच्चसम्मान गरेको हो ।

गुल्मी रेसुङगा तमघासका स्थायी बासिन्दा प्रनाउ पाण्डेयले जिल्लाका नागरिकलाई विभिन्न सामाजिक अपराध,लैङ्गिक हिंसा,लागु औषध  र साईबर अपराध सम्वन्धि दर्जनौ सचेतना मुलक कार्यक्रम गर्दैआईरहेका छन् । उनले सिमानाकामा हुँने सम्भावित चोरी सिकारी,अपराध नियन्त्रण र अवैध क्रियाकलाप नियन्त्रणमा उत्कृष्ट कार्य गदै आईरहेका छन् ।

 साहित्य तथा गीत लेखनमा समेत रुचि राख्ने प्रनाउ पाण्डेयको  मुस्ताङ बसाइको ८ महिनामा मुस्ताङको पर्यटन विकासमा टेवा पुर्याउने उद्धेश्यले करिब आधा दर्जन बढि लेख रचनाहरु नेपालका स्थापित पत्रपत्रिका तथा अनलाइनहरुमा प्रकाशित भएका छन ।


प्रतिक्रिया