तस्विर ः नेपाल प्रहरी
जोमसोम—नेपाल—चीन कोरला सीमाक्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको छ । उत्तरी कोरलानाका स्थित (नेपाल—चीन) सीमाक्षेत्रको ३ किलोमिटर दुरीमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय लोमान्थाङको आयोजनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त टोलीले सोमबार दिउँसो सीमा स्तम्भहरुको संयुक्त सुरक्षा गस्ती गरेका हुन् ।
कोरला स्थित सीमाक्षेत्रमा पर्ने २४ नं. सीमा स्तम्भदेखि २० नं. सीमा स्तम्भहरुमा हुनसक्ने वन्यजन्तु चोरी निकासा तथा तस्करी नियन्त्रण गर्न संयुक्त सुरक्षा गस्ती गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकार प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । नेपाल—चीन सीमानाका क्षेत्रमा हुनसक्ने सम्भावित वन्यजन्तु चोरी निकासी तथा तस्करी तथा सीमाक्षेत्रमा हुनसक्ने संम्भावित अपराध र अवान्छित गतिविधि नियन्त्रणका लागि संयुक्त सुरक्षा गस्ती गरिएको प्रहरी निरीक्षक सुुवेदीले बताए ।

हिउँदयामको माईनस डिग्री तापक्रम सहदै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बीओपी सुरक्षकर्मीले संयुक्त सीमा स्तम्भहरुको गस्ती गरेका थिए । संयुक्त सुरक्षा गस्तीमा नेपाल प्रहरीका ५ जना र सशस्त्र प्रहरीबाट ७ जना गरी १२ जना खटिएको प्रहरी निरीक्षक सुवेदीको भनाई छ । नेपाल—चीन सीमाक्षेत्रको ट्रान्जिट प्वाईन्ट २४ नं. सीमा स्तम्भदेखि पञ्चिम डोल्पातर्फ पर्ने २० नं. सीमा स्तम्भसम्म संयुक्त सुरक्षा गस्ती गरिएको हो ।
नेपाल—चीन उत्तरी कोरलानाकादेखी १६ किमी यता लोमान्थाङको नेचुङमा नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको (बीओपी ) बस्छन् । सीमा सुरक्षा,सीमा क्षेत्रमा हुने अवैंध गतिविधि नियन्त्रण तथा स्थानीय नागरिकहरुको सुरक्षाका लागि नेचुङमा सुरक्षाकर्मीको व्यवस्थापन गरिएको हो ।
कोरलानाको २४ नं. सीमा स्तम्भदेखि पञ्चिम डोल्पातर्फ ६ वटा सीमा स्तम्भ छन् । कोरलादेखि पूर्व मनाङतर्फ ९ वटा सीमा स्तम्भ छन् । उत्तरी नेपाल—चीन उत्तरी कोरलाक्षेत्रको मुस्ताङतर्फ १८ देखि ३३ नं. सीमा स्तम्भ गरी १६ वटा सीमा स्तम्भ पर्छन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली