ज्ञानोदयकी छात्रा जेनिशा जिल्ला स्तरीय निबन्ध प्रतियोगितामा प्रथम भईन्



जोमसोम—जिल्ला स्तरीय अन्तर विद्यालय निबन्ध लेखन प्रतियोगितामा मुस्ताङको थासाङ गाउँपालिका—३ स्थित ज्ञानोदय माध्यमिक विद्यालयकी छात्रा जेनिशा विश्वकर्मा प्रथम भएकी छिन् । सामाजिक विकास कार्यालयद्वारा शनिबार जोमसोममा आयोजित जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा ६१.४३ अंक प्राप्त गरी जेनिशा निबन्धतर्फ प्रथम भएकी हुन् ।


सामाजिक विकास कार्यालय मुस्ताङले ‘सृजनशिल विद्यार्थी र शिक्षक अनि गुणस्तरीय शिक्षा’ शिर्षकमा जिल्लाका ५ सामुदायिक तथा निजी विद्यालयका ८ जना विद्यार्थीहरुलाई निवन्ध प्रतियोगितामा प्रतिस्पर्धा गराईएको थियो ।

निवन्ध लेखन प्रतियोगितामा धौलागिरी बोर्डिङ स्कुलकी छात्रा छिरिङ डोल्कर गुरुङले ५९.७ अंक प्राप्त गरी दोश्रो स्थान हासिल गरिन् । जनहित माध्यमिक विद्यालयका छात्र खेमराज रसाईलीले ५७.७६ अंक पाएर तेस्रो भए । जनशान्ति माध्यमिक विद्यालयका मोहित पुनमगरले ५७.३ अंक प्राप्त गरी चौथो भए ।

जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितका लागि सामाजिक विकास कार्यालयले ३ जना मूल्यांकनकर्ता खटाएको थियो । मूल्यांकनमा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रामेश्वर लामिछाने, घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारी र घरपझोङ गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक बिनोद बराल थिए ।

 निबन्ध प्रतियोगिताका पुरस्कृत प्रतियोगिहरुलाई शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख लामिछाने, प्रशासकीय अधिकृत अधिकारी र सामाजिक विकास कार्यालयका प्रमुख रेवतीरमण सापकोटाले संयुक्त रुपमा नगद पुरस्कारसहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सामाजिक विकास कार्यालय मुस्ताङले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत  सृजनशिल विद्यार्र्थी र शिक्षकले गुणस्तरीय शिक्षा प्राप्तिका योगदान पू¥याउने उद्देश्य राखेर निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । 

 सामाजिक विकास अन्तर्गत रहेको ज्येष्ठ नागरिक,वालवालिका ,अपाङ्ता लक्षित लगायतका विभिन्न क्षेत्रमा कार्यालयले सकारात्मक कार्य गर्दैआईरहेको छ । कार्यालय सामाजिक विकास अन्तर्गत गतवर्षदेखि पूर्वाधार विकास समेत काम गरिरहेको छ ।

प्रथम स्थान हासिल गरेको निबन्ध यस्तो थियो ।







प्रतिक्रिया