जोमसोम ।
मुस्ताङमा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ । अर्का एक जना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
फर्निचरको सामान लोड गरी जोमसोमबाट मार्फातर्फ जाँदै गरेको ग १ त ७५०२ नम्बरको ट्याक्टर यहाँको घरपझोङ—३ स्याङ स्थित बेनी—जोमसोम सडकमार्गमा आईतबार राती करिव साँढे ८ बजेको समयमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिनुभयो ।
दुर्घटनामा निसी खोला गाउँपालिका—५ बाग्लुङका ३० वर्षीय ट्याक्टर चालक शेरबहादुर घर्ती मगरको मृत्यु भएको प्रहरी निरीक्षक क्षेत्रीले उल्लेख गर्नुभयो । यसअघि त्यहाँ द्याक्टर दुर्घटना हुँदा चालक घर्तीमगरको टाउँको र मुखसंगै शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । चालक घर्तीलाई दुर्घटना लगत्तै प्रदेश अस्पताल जोमसोम पु¥याईएकोमा राती करिव ९ बजे अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक क्षेत्रीले जनाउँनुभयो ।
यसैगरी सोही दुर्घटनामा गोर्खा धार्चे गाउँपालिका—५ माछीखोला बस्ने ६० वर्षीय आशबहादुर गुरुङ घाईते भएका छन् । उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली