जोमसोम—
राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ कार्यक्रम अन्तर्गत मुस्ताङ पनि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरेको छ । समग्र अर्थतन्त्र मापनका लागि आवश्यक मुस्ताङ जिल्लाको तथ्यांक सङ्कलन गर्नका लागि आइतबार जोमसोममा कार्यालय स्थापना गरिएको हो ।
राष्ट्रिय तथ्यांक कार्यालय देशभरका सम्पूर्ण आर्थिक एकाईहरुको वास्तविक अवस्था थाहा पाउँन ७७ वटै जिल्लामा यसप्रकारको ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरेको छ । सोही अनुरुप मुस्ताङ पनि राष्ट्रिय आर्थिक गणना कार्यालय स्थापना भईसकेको जिल्ला आर्थिक गणना अधिकारी सुदिप पौडेलले जानकारी दिनुभयो ।
यसअघि राष्ट्रिय तथ्यांक कार्यालयले वि.स. २०७५ सालमा पहिलो राष्ट्रिय आर्थिक गणना सम्पन्न गरेको थियो । प्रत्येक पाँच पाँच वर्षमा गरिने यसप्रकारको राष्ट्रिय आर्थिक गणना कार्यालयले २ वर्ष ढिलो गरी सञ्चालनमा ल्याउन लागेको हो ।
यसवर्ष राष्ट्रिय तथ्यांक कार्यालयले‘ अर्थतन्त्र मापनका लागि आर्थिक गणना’नारासहित देशभर एकैसाथ राष्ट्रिय आर्थिक गणना कार्यक्रम कार्यान्यनमा ल्याउन लागेको आर्थिक गणना अधिकारी पौडेलको भनाई छ । उहाँका अनुसार देशका विभिन्न स्थानमा रहेका दर्ता भएका र दर्ता नभएका स्थायी र अस्थायी प्रकृतिका सबै किसिमका उद्यम तथा व्यवसायिक प्रतिष्ठानहरुको आर्थिक तथा जनशक्ति लगायत विवरणहरु संकलन गरिने बताउँनुभयो ।

यसैगरी यसरी संकलन गरिएको आर्थिक तथा जनशक्ति विवरण संकलनले देशको समग्र आर्थिक नीति निर्माणमा ठुलो योगदान पु¥याउने भएकाले आर्थिक गणकहरु विवरण संकलन गर्न आउँदा सत्यतथ्य विवरण संकलनमा सहभागि भई सहयोग पु¥याईदिन जिल्ला आर्थिक गणना अधिकारी पौडेलले अनुरोध गर्नुभएको छ । यसका लागि बैशाख २ गतेदेखि असार ७ गतेसम्म खटिने गणकहरुले सम्वन्धित स्थानमा पुगेर आर्थिक विवरण संकलन गर्ने कार्यतालिका रहेको उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रिय आर्थिक गणनाका लागि आर्थिक क्रियाकलाप गर्ने सरकारी कार्यालयदेखि संघ,संस्था, उद्यम व्यवसायी र तथा ब्यापारिक प्रतिष्ठानहरुमा विवरण संकलन हुने जनाईएको छ । वित्तिय तथा गैरवित्तिय रुपमा आर्थिक संकलन गर्ने सबैको आर्थिक तथा जनशक्ति विवरण संकलन हुने बताईएको छ ।
राष्ट्रिय आर्थिक नीति निर्माणका लागि सुरु गरिने आर्थिक गणना कार्यक्रमले राष्ट्रिय तथ्यांक ऐन २०७९ अनुसार संकलित सबै विवरणको गोपनियता कायम हुनेछ । यसरी संकलित विवरण कुनै राजश्व प्रयोजन र सार्वजनिकीकरणका लागि नभई समग्र देशको अर्थ तन्त्र मापनका लागि मात्रै हुने जिल्ला गणना अधिकारी पौडेलको भनाई छ । राष्ट्रिय तथ्यांक कार्यालयले समग्र देश र जिल्ला स्तरको सामुहिक आर्थिक विवरण प्रकाशन गर्ने जनाईएको छ ।
मुस्ताङमा राष्ट्रिय आर्थिक गणना २०८२ का लागि चार जना कर्मचारीको व्यवस्थापन गरिसकेको छ । यहाँ एक जना जिल्ला आर्थिक गणना अधिकारी, एक जना सहायक गणना अधिकारी,एक जना लेखापाल र एक जना कार्यालय सहयोगीको व्यवस्थापन गरिएको छ ।
यस्तै आर्थिक गणनाका लागि एक जना सुपरिवेक्षक र चार जना गणक परिचालित हुनेछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता