मुस्ताङको जोमसोममा विश्व बाल श्रम विरुद्ध दिवसमा प्रभातफेरी

जोमसोम— प्रत्येक वर्ष जुन १२ तारिखमा मनाईने विश्व बालश्रम विरुद्ध  दिवसको अवसर पारेर मुस्ताङमा प्रभातफेरी गरिएको ५ ।अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)ले सन् २००२ देखि यो दिवस मनाउन थालिएको हो ।

सबै खाले बालश्रम विरुद्धको विश्व दिवस नेपालमा पनि मनाईने गरिन्छ । बाल श्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाईने गरिन्छ ।

यसै दिवसको अवसर पारेर  बुधबार बिहान मुस्ताङको जोमसोममा प्रभातफेरी तथा कोेणसभा गरी मनाईएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजनामा प्रशासन, विद्यालयका शिक्षक,बिद्यार्थी र स्थानीय तहका कर्मचारीले दिवसमा एक्येवद्धता जनाएका थिए ।

बाल श्रम विरुद्धका विभिन्न नारा र प्लेकार्डसहित जनहित माध्यमिक बिद्यालयबाट सुरु गरिएको प्रभातफेरी जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा प्रजिअ जनकराज पन्त,जनहित माविका सहायक प्रधानाध्यापक माधवजी भण्डारी, घरपझोङ गापाकी महिला तथा बालबालिका शाखाकी प्रमुख सरिता थकालीले दिवसको औचित्य माथि प्रकास पारेका थिए ।

कार्यक्रमको  संञ्चालन तथा संयोजन डिएसपी भोजराज पाण्डेले गरेका थिए ।


प्रतिक्रिया