प्रतिकात्मक फोटो
जोमसोम—मुस्ताङ प्रहरीले जुवाखालबाट नगद ८ लाख ५२ हजारसहित १२ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अधिकाँश घरपझोङ—२ मार्फाका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फाबाट आईतबार साँझ ५ः३० बजे जुवातास खेलिरहेका १२ जना जुवाडेलाई मुस्ताङ प्रहरीले नगदसहित रंगेहात पक्राउ गरेको जनाएको छ ।
मुस्ताङको घरपझोङ—२ मार्फा स्थित फिरोज लालचनले संञ्चालन गरेको होटल माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टको कोठा नं. २११ र कोठा नं. २०९ मा जुवातास खेले खेलाएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी निरीक्षक गणेश सुवेदीको कमाण्डमा खटिएको १५ जनाको प्रहरीले उक्त होटलमा छापा मारेको थियो ।
प्रहरी निरीक्षक सुवेदीको कमाण्डमा जुवातास खेलिरहेको स्थानमा पुग्दा सुरज लालचनसहित १२ जना जुवाडेलाई नगद र दशी प्रमाणसहित रंगेहात पक्राउ गरेको बताईएको छ ।
मुस्ताङ स्थित मार्फामा होटलको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले घरपझोङ—२ मार्फा बस्ने ५० वर्षीय सुरज लालचन, ५६ वर्षीय राजु लालचन, ५० वर्षीय जेम्स हिराचन, ५३ वर्षीय गुञ्ज हिराचन, ६० वर्षीय दलबहादुर हिराचन र ५० वर्षीय विश्व लालचनलाई जुवा खालबाट पक्राउ गरिएको हो ।
यसैगरी जुवा खालबाट पक्राउ पर्नेमा पोखरा महानगरपालिका—९ स्थायी घर भई हाल घरपझोङ—२ मार्फा बस्ने ५९ वर्षीय आईत ज्वारचन, घरपझाङे—२ मार्फा बस्ने ३८ वर्षीय समिर ज्वारचन,५० वर्षीय कविन ज्वारचन,६५ वर्षीय यामप्रसाद मगर,४० वर्षीय सन्तोष लालचन र पोखरा महानगरपालिका—९ स्थायी घर वतन भई हाल घरपझोङ—२ मार्फा बस्ने ६० वर्षीय कमल हिराचनलाई जुवातासको खालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए ।
प्रहरीले होटल भित्र २ वटा कोठामा अलग÷अलग जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेको जनाईएको छ । जुवातास खेलिरहेको अवस्थामा कोठा नं.२११ बाट २०८ पत्ती (४ बुक तास) र कोठा नं. २०९ बाट २०८ पत्ती ( ४ बुक तास) गरी कुल ४१६ पत्ती (८ बुक तास)सहित ८ लाख ५२ हजार ८ सय रुपैया बरामद गरेको जनाईएको छ ।
जुवातासको खालबाट पक्राउ परेका व्यक्तिहरु उपर आवश्यक छानविनसहित अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।
१७ कार्तिक २०८१, आईतबार ११:१९ मा प्रकाशित
2956
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता