तेताङमा लेदोसहितको पहिरोले गोठमा रहेका १२ च्यांग्रा मरे,सिचाई कुलो र खानेपानीमा क्षति

 यहाँको वारागुङ मुक्तिक्षेत्र—३ तेताङ गाउँमा लेदोसहित बाढी पहिरोले गोठमा रहेका १२ वटा च्यांग्रा पुरिएर मरेका छन् ।बिहिबार बिहानैदेखि परेको निरन्तरको अविरल वर्षासंगै तेताङ गाउँबिचको मङ्च खोलाको लेदोसहितको बाढीपहिरोले स्थानीय मने पुनको गोठमा क्षति पु¥याउँदा ४ खसी र ८ च्यांग्रा पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार अविरल वर्षाका कारण बिहिबार तेताङ गाउँ माथिबाट बाढी आउँदा १२ पशुधनमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको बताउँनुभयो । तेताङमा बाढीले पु¥याएको क्षति विवरण संकलन तथा उद्दारका लागि ईलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोली तेताङ पुगेको उल्लेख गर्नुभयो । अहिले प्रहरी टोली तेताङ गाउँ पुगिसकेका छन,कति कति क्षति भएको हो भन्ने थप एकिन विवरण आउन बाँकी छ,’—प्रहरी नायब उपरीक्षक लामाले भन्नुभयो ।

यसैगरी निरन्तरको वर्षासंगै आएको मङ्च खोलाको बाढीले तेताङ गाउँकाको सिचाई कुलो र खेतका पर्खालहरुमा क्षति पुगेको स्थानीय सोनाम छिरिङ गुरुङले जानकारी दिनुभयो ।उहाँका अनुसार तेताङमा करिव १५ मिटर भन्दा बढी सिचाई कुलो बाढीले क्षति बनाईदिएको बताउँनुभयो । उहाँका अनुसार वर्षाका कारण आएको बाढीले तेताङ गाउँमा खानेपानी सेवा अवरुद्ध हुँदा स्थानीयबासी समस्यामा परेको जानकारी दिनुभयो ।

यता, अविरल वर्षासंगै आएको बाढीले बिहिबार साँझ जोमसोम—कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । जोमसोम—कागबेनीखण्डको पान्डा खोला स्थित सडकमा बाढी पसेपछि सडक संरचना ध्वंस्त भएको जनाईएको छ ।त्यहाँ स्थित ५० मिटर लामो पक्की पुलसंगै झन्डै तीन मिटर माटो फिलिङ गरी विस्तार गरिएको सडकमा बाढी पसेपछि जोमसोम—मुक्तिनाथ र कोरला पहुँचमार्ग सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक लामाले उल्लेख गर्नुभयो । यसैगरी वारागुङ मुक्तिक्षेत्र—३ अन्तर्गत ताङ्वे —छुसाङ खण्ड सडकमा पनि बाढीले सडक संरचनामा क्षति पु¥याएको छ । कोरला सडकमा अहिले सडक मर्मत नगर्दा सम्म कुनै पनि सवारी साधन उपल्लो मुस्ताङ जाने सक्ने अवस्था नरहेको प्रहरी नायब उपरीक्षक लामाको भनाई छ ।

यसैगरी जिल्ला ट्राफिक कार्यालय जोमसोमदेखि तल रहेको कार्यालय भवनमा वर्षाका कारण ढुंगा खस्दा कार्यालय भवनमा आशिंक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

 मनसुन सक्रिय रहेसंगै अविरलको वर्षाले मुस्ताङका धेरैजसो स्थानका सडकहरु अवरुद्ध भएकाले केहीदिन मुस्ताङ यात्रा नगर्न वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङले आग्रह गर्नुभएको छ । वडाध्यक्ष गुरुङले मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा भईरहेकाले सुरक्षा सावधानी अपनाएर मात्रै यात्रा गर्न अनुरोध गर्नुभयो ।

उपल्लो मुस्ताङमा हिमपात ः

उपल्लो मुस्ताङका विभिन्न स्थानमा बिहिबार राति हिमपात भएको छ । एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार राति आशिंक हिमपात भएको भएपनि अहिले मिश्रित हिमपात भएको उल्लेख गर्नुभयो । यसैगरी मुक्तिनाथ क्षेत्रमा बिहिबार राति हिमपात भएपनि अहिले त्यहा वर्षा भईरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिनुभयो । मुस्ताङमा हिमपात र वर्षाले मुक्तिनाथद दर्शन गर्न आउने पर्यटकहरुलाई बाधा पु¥याएको उहाँले बताउँनुभयो ।

यता यहाँको घरपझोङ र थासाङ गाउँपालिकामा मंगलबारदेखि निरन्तर वर्षा भईरहेको छ । यहाँका उच्चलेंकमा हिमपात भएपनि बस्ती क्षेत्रमा हिउँ पर्न नसकेको स्थानीय पत्रकार मनिता थकालीले जानकारी दिनुभयो । मुस्ताङमा हिमपात र निरन्तरको वर्षाले स्थानीय जनजिवनमा प्रतिकुल असर पु¥याएको छ भने पर्यटकहरुको यात्रामा समेत असर पुगेको बताउँनुभयो ।


प्रतिक्रिया