जोमसोम—धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा संञ्चालित सप्ताह व्यापी ट्राफिक जनचेतनामूलक लगायतका कार्यक्रममा १ हजार ३१० जना लाभान्वित भएका छन् । जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक कार्यालय मुस्ताङले सोमबार आयोजना गरेको ट्राफिक सप्ताह समिक्षा तथा समापन कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।
गण्डकी प्रदेश स्तरीय ट्राफिक सप्ताह अन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक कार्यालय मुस्ताङको संयुक्त आयोजनामा संञ्चालित ’सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरण’ सप्ताह व्यापी कार्यक्रममा प्रशासन,सुरक्षा निकाय, यातायात व्यवसायी, चालक तथा सहचालक, पर्यटन व्यवसायी,विद्यालय ,स्वास्थ्यकर्मी,आमा समुह,पत्रकार र स्थानीय नागरिकले सक्रिय सहभागिता जनाएका थिए । मुस्ताङ प्रहरी तथा ट्राफिक प्रहरीद्वारा संञ्चालित सप्ताह व्यापी कार्यक्रमको प्रभावकारीका बारेमा जानकारी दिन आयोजित पत्रकारसहित सरोकारवाला निकाय सम्मिलित कार्यक्रममा मुस्ताङमा बैशाख २५ गतेदेखि बैशाख ३१ गतेसम्म भएको ट्राफिक सप्ताह भव्य र सभ्य रुपमा सम्पन्न भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङमा आयोजित ट्राफिक सप्ताहको समिक्षा तथा समापन अन्तक्रिया कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले आयोजत ट्राफिक सप्ताहले संम्भावित सवारी दुर्घटना न्यूनिकरण हुने यसले सवारी धनी, सवारी चालक तथा सहचालकलाई ट्राफिक नियम पालना गर्न भरपूर टेवा पू¥याउन उल्लेख गरे । प्रजिअ पन्तले भने,‘ मुस्ताङमा सवारी साधन र मानिसहरुको फलो बढ्दो छ,यसले दुर्घटना जोखिम पनि बढाउन सक्छ, हाम्रा निकायहरुले गरेको ट्राफिक सप्ताहले सडक अनुशासन कार्यान्वन गराउनुको साथै सवारी दुर्घटनाको जोखिमलाई समेत न्यूनिकण गर्न योगदान दिनेछ ।’ प्रजिअ पन्तले मुस्ताङमा प्रहरी र ट्राफिक प्रहरीबाट संञ्चालन हुने यसप्रकारका जनचेतनामूलक कार्यक्रमले बर्सेनि १ हजार भन्दा बढी लाभान्वित भइंरहेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी भोजराज पाण्डेयले चालक तथा सहचालकसहित सबै सरोकारवाला निकाय लाभान्वित होस् भन्ने उद्देश्यले मुस्ताङमा पनि ट्राफिक सप्ताह विभिन्न कार्यक्रम गरी मनाईएको बताए । उनले मुस्ताङमा ट्राफिक सप्ताह अघि पनि यसप्रकारका कार्यक्रमहरु भईरहेको उल्लेख गर्दे प्रहरी,प्रशासन र ट्राफिक प्रहरीको सक्रियताकै कारण चालु वर्षको १० महिना अवधिमा सवारी दुर्घटनाबाट कसैले ज्यान गुमाउन नपरेको जानकारी दिए ।
कार्यक्रममा घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकाली र घोडाघोडी यातायात प्रा.लि.की मुस्ताङ प्रतिनिधि सुनदेवी रसाईली ट्राफिक सप्ताहले संम्भावित दुर्घटना न्युनिकरण गर्नमा योगदान पुग्ने धारणा राखे ।
यसअघि गण्डकी प्रदेश स्तरी ट्राफिक सप्ताह अन्तर्गत मुस्ताङमा भएको कार्यक्रम ७ दिनसम्म निरन्तर विभिन्न कार्यक्रम गरी सम्पन्न भएको हो । सप्ताहको पहिलोदिन मुस्ताङको पुथाङ एअरपोर्टदेखि विभिन्न प्लेकार्ड र व्यानरसहित सांस्कृति झाँकी निकालेर प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा यातायात व्यवसायी,सवारी चालक तथा सहचालक,विद्यार्थी,पर्यटन व्यवसायी र आमा समुहले सक्रिय सहभागिता जनाएका थिए । सप्ताहको दोश्रोदिन जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका पोष्टहरुमा पर्चा पम्प्लेट वितरण, गर्ने,स्टिकर टाँस गर्ने ,अव्यवस्थित पार्किङ हटाउने,माईकिङस्वंयसेवक परिचालन गरी सडक बाटो काट्न सिकाउने अभ्यास गराईएको थियो ।
सप्ताहको तेश्रोदिन ग्रामिण सडक लक्षित प्रशिक्षण,पर्चा वितरण, चालक र स्वंयसेवक तथा सवारीका यात्रुबाट सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि जनचेतनामूलक भनाई बाचन गर्ने र छत तथा हुटमा यात्रु प्रशिक्षण गरिएको थियो । सप्ताहको चौथोदिनमा लघु सचेतना कार्यक्रम गरी सडकमै चालक तथा परिचालकहरुलाई प्रशिक्षण, सवारी चलाउँदा मापदण्ड पुरा गरेनगरेको र भाडादर अनुगमन गरिएको थियो ।
पाँचौदिन मानिसको धेरै भीडभाँड हुने क्षेत्रमा सडक प्रयोगकर्ता प्रशिक्षण गरिएको थियो भने विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक सचेतना प्रशिक्षण दिईएको थियो । सप्ताहको छैटोदिन सवारी चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । सवारी साधनको यान्त्रिक परीक्षण र रक्तदान कार्यक्रम गरिएको हो । सप्ताहको समापन कार्यक्रममा विभिन्न विभिन्न निकायहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।
ट्राफिक सप्ताह अवधिभरमा सवारी दुर्घटना, संलग्न सवारी साधन,मानिसको मृत्यु,गम्भिर घाईते र साधारण घाईतेको केही नभएको जिल्ला ट्राफिक कार्यालयका ईञ्चार्ज राजाराम मण्डलले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता