मुस्ताङको एक होटलमा चोरी गरेर फरार युवा पक्राउ




जोमसोम—मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ पुराङ रानीपौवाको एक होटलमा चोरी गरेर फरार एक युवालाई म्याग्दी प्रहरीले पक्राउ गरेर मुस्ताङ प्रहरीको जिम्मा लगाएको छ । 

आईतबार बिहान  करिव ४ बजेको समयमा रानी पौवा स्थित होटल बपमार्ली रहेको काठको टिप्स बाकस र  अर्को होटलको हिसाब राख्ने बाकसमा  राखिएको ४५ हजार चोरी फरार नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका—४ सिक्रे बस्ने १९ बर्षीय सुशान्त गुरुङलाई पोखरातर्फ भाग्दै गरेको अवस्थामा सोही दिनको दिउँसो करिव २ बजेको समयमा बेनी चेक पोष्टबाट म्याग्दी प्रहरीले पक्राउ गरेको हो ।


मुक्तिनाथ रानीपौवा स्थित स्थानीय कर्माछिरिङ  गुरुङले संञ्चालन गरेको होटल बपमार्लीमा काम गर्दैआईरहेको युवा गुरुङले चोरी गरेर जोमसोमतर्फ जान सक्ने भन्ने मौखिक सूचना भएपछि मुस्ताङ प्रहरीले खोजीकार्य अघि बढाएको थियो ।


 प्रहरीले फरार व्यक्ति गुरुङलाई खोजतलास गर्ने क्रममा ट्याक्सी चढेर पोखरातर्फ जाँदै गर्दा उनलाई बेनीमा प्रहरीले पक्राउ गरेर जोमसोम पठाएको मुस्ताङका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए । होटलमा चोरी गरेर फरार भई पक्राउ परेका युवाको साथबाट र कालोझोलाबाट ४२ हजार ८७५ रुपैया नगद बरामत भएको डिएसपी पाण्डेले उल्लेख गरे ।


पक्राउ परेका युवालाई चोरी गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा जाहेरी समेत परेको छ । चोरीको घटना बारेमा आवश्यक अनुसन्धानकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।


प्रतिक्रिया