यहाँको बेनी—जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका—४ घाँसा स्थित सडकमा ट्रलीमा लोड जेसीबी खस्दा बेनी—जोमसोम अवरुद्ध भएको छ । बुधबार दिउँसो करिव तीन बजेको समयमा लेतेतर्फ आउँदै गरेको ग २ख ४७३ नं.मको ट्रलीाबाट सडक खन्ने उपकरण जेसीबी खसेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले मुस्ताङतर्फ आउँदा गरेको जेसीबी लोड गरिएको ट्रली असन्तुलित हुँदा जेसीबीमा सडक खसेको र त्यसकारण हेभी सवारी साधन आउजाउमा समस्या भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार हलुका सवारी साधन र मोटर साईकलहरु क्रस गर्ने अवस्था रहेपनि ठुला सवारी साधन क्रस गर्न नमिलेका कारण यातायात आगमनमा समस्या परेको बताउँनुभयो ।
बेनी—जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको घाँसा स्थित कालोपत्र सडकको बिच भागमा जेसीबी खसेपछि सडक अवरुद्ध बनेको बागवानी विकास केन्द्रका कर्मचारी अशोक लिम्बुले जानकारी दिनुभयो । सडकमा उत्तानो परेको जेसीबी पन्छ्याउनका लागि सुरक्षा निकायले पहल गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता