जोमसोम
हिमाली जिल्ला मुस्ताङ र मनाङमा हिमालकी रानी दुलर्भ हिउँ चितुवाको संख्या पत्ता लगाउन एकैसाथ बृहत सर्वेक्षण सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत मुस्ताङमा एक्याप लोमान्थाङ र एक्याप जोमसोम तथा मनाङमा एक्याप मनाङले दुलर्भ हिउँ चितुवाको एकैसाथ बृहत सर्वेक्षण सुरु गरेका हुन् ।
यसअघि एक्याप तथा हिउँ चितुवा सम्वन्धि अध्ययन अनुसन्धान गर्ने निकायहरुले हिउँ चितुवाको संम्भावित बासस्थान रहेका स्थानमा सीमित संख्यामा क्योमरा ट्रयापिङ गरी हिउँ चितुवाको सर्वेक्षण गरिने गरिएको हो । यसकारण मुस्ताङ र मनाङमा कतिको संख्यामा हिउँ चितुवा छन् भन्ने एकिन हुन सकिरहेको थिएन । यसवर्ष भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत मुस्ताङ र मनाङले हिउँ चितुवाको बृहत सर्वेक्षणका लागि क्यामेरा ट्रयापिङ लगायतका काम गरिरहेका छन् ।
हिमाली रानी हिउँ चितुवा सवेक्षणका लागि हिउँयामको समय उपयुक्त भएकाले यसपालि हिउँ चितुवाको बृहत सर्वेक्षण सुरु गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताउँनुभयो । हिउँदयाममा समुन्द्री सतहको करिव चार हजार मिटरको उचाईमा हिउँ पर्ने भएकाले घाँसको अभाव हुने भएकाले हिउँ चितुवाको आहारा प्रजाती तलतल भर्ने भएकाले हिउँ चितुवा पनि उच्चलेंकबाट केही तल झर्ने भएकाले यसयाममा हिउँ चितुवाको सर्वेक्षण गर्न केही सहज हुने एक्याप लोमान्थाङ प्रमुख पौडेलको भनाई छ ।
हिउँ चितुवाको बृहत सर्वेक्षणका लागि मुस्ताङका १६१ ग्रीड मध्ये यहाँ चार पालिकामा १३० वटा भन्दा बढी क्यामेरा ट्रयापिङ गरिने गरी फिल्डमा काम भईरहेको कार्यालय प्रमुख पौडेलको भनाई छ । हिउँ चितुवा सर्वेक्षणका लागि हिउँ चितुवाको बासस्थान र आउजाउ गर्ने स्थानको उच्चलेंकमा एक्यापका प्राविधिक तथा स्थानीयबासी परिचालन गरिएको उहाँको भनाई छ ।
एक्याप लोमान्थाङले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न हिउँ चितुवाको बासस्थान रहने क्षेत्रमा ९९ वटा भन्दा बढी क्यामेरा राखिने योजना रहेको जनाएको छ ।
यसैगरी एक्याप जोमसोमले मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्ता आसपासका क्षेत्रमा ट्रयापिङका लागि ७ वटा क्यामेरा जडान गरेको छ । यसअघि यहाँको मार्फा,चिमाङ, ठिनी,झोङ र छेङ्गुर लगायतका लेंकमा बायोकोस नेपाल र एक्यापले १६ वटा क्योमरा राखिसकेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । प्रमुख गुप्ताका अनुसार मुस्ताङमा हिउँ चितुवाको एकिन संख्या पत्ता लगाउन र हिउँ चितुवाको आहारा प्रजातीको अवस्था सम्वन्धि अध्ययनका लागि क्यामेरा ट्रयापिङ भईरहेको बताउँनुभयो ।
यसैगरी हिमाली जिल्ला मनाङमा पनि अगस्टको दोस्रो सातादेखि हिउँ चितुवाको बृहत सर्वेक्षण कार्य सुरु भईसकेको एक्याप मनाङका कार्यायल प्रमुख ढक बहादुर भुजेलले जानकारी दिनुभयो । कार्यालय प्रमुख भुजेलका अनुसार मनाङ जिल्लाभरीनै तार्गेट गरी हिउँ चितुवाको सर्वेक्षणका लागि १२९ वटा क्यामेरा ट्रयापिङ गरिसकेको र हाल राखिएका क्यामेराहरुको अनुमगन तथा निगरानी गर्ने कार्य भईरहेको कार्यालय प्रमुख भुजेलको भनाई छ ।‘हामीले मनाङका चार पालिकामा हिउँ चितुवाको बासस्थान क्षेत्रमा क्यामेरा ट्रयापिङ गर्ने काम सकेका छौ, एकाथ आवश्यक ठाउँहरुमा क्यामेरा थप्ने काम पनि भएको छ, कार्यालय प्रमुख भुजेल भन्नुभयो,‘ यहाँ हामीले २२ वटा क्यामेरा हिमाली ब्वासोको लागि र बाँकी १०७ वटा क्यामेरा हिउँ चितुवा र चितुवाको अध्ययनका लागि छुट्याएका छौं ।’
मुस्ताङ र मनाङमा हिउँ चितुवा सर्वेक्षणका लागि राखिएका क्यामेराहरु ६ महिनासम्म फिल्डमै रहने जनाईएको छ । त्यसपछि हिउँ चितुवाको सर्वेक्षणका लागि राखिएका क्यामेरा निकालेर डेटा सर्वेक्षण सुरु गरिने बताईएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले मुस्ताङ र मनाङमा कतिको संख्यामा हिउँ चितुवा रहेका छन् भन्ने अनुमानित संख्या पत्ता लगाउने कार्ययोजना रहेको जनाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली