लैंगिक हिंसा विरुद्दको १६ दिने अभियानको दोश्रो दिन लैङिक हिंसाअभिमुखिकरण सम्पन्न

जोमसोम ।

यहाको घरपझोङ गाउँपालिका कार्यालयाको सभाहलमा बिहिबार महिलाहरु माथि हुने लैङ्गिक हिंसा विरुद्दको "१६ दिने अभियान  कार्यक्रम" अन्तर्गत एकिकृत सेवा कार्यालय जोमसोम मुस्ताङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय र घरपझोङ गा.पा. को कार्यालय जोमसोम मुस्ताङको संयुक्त समन्वयमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी अजिता शर्माज्यूको प्रमुख आतिथ्यतामा विभिन्न आमा समुहका प्रतिनिधि, बिभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा "प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ" भन्ने राष्ट्रिय नाराका सहित १२ देखि २० वर्ष उमेर समुहका बालबालिकाहरुलाई लक्षीत गरी युवाक्लव बालक्लव, अल्पसंख्यक र सिमान्कृत समुदायलाई केन्द्रमा राखेर अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको कार्यालय प्रमुख निरपति दर्जिले जानकारि दिनुभयो ।

प्रतिक्रिया