अस्थाए संविधान सभा सदस्य जुहारचन

जोमसोम—  मुस्ताङको घरपझोङ गाउँपालिका—२ का स्थानीय समाजसेवी एवं सविधान सभा सदस्य बिरेन्द्र जुहारचनको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको बिहिबार मार्फा स्थित आफ्नै निवासमा निधन भएको नेकपा (माओवादी केन्द्र)का जिल्ला समन्वय समिति संयोजक धीरेन्द्र वि.क.ले जानकारी दिनुभयो ।

 नेकपा(माओवादी केन्द्र)को जनतासंग माओवादी जनजागरण अभियानका  क्रममा माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  संगै खटिएको र स्वागत कार्यक्रम सरिक भएका सविधान सभा सदस्य जुहारचनको असामयिक निधन हुन पुगेको संयोजक विकले जानकारी दिए ।

 २०३० सालदेखि राजनीतिमा सक्रिय रहेका जुहारचन २०६४ सालमा माओवादी केन्द्रको क्लस्टरबाट सविधान सभा सदस्य तथा समानुपातिक सांसद बनेका बनेका थिए । उनी तत्कालिन पुष्पलाल समुहको सदस्य हुँदै अविछिन्न कम्यूनिष्ट आन्दोलनमा होमिएका थिए ।

 यसै क्रममा नेकपा माओवादी केन्द्रको केन्द्रिय पार्टी कार्यालय बिहिबार शोक वक्तव्य प्रकाशित गरी सविधान सभा सदस्य जुहारचनको निधनप्रति शोक व्यक्त गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहालद्वारा हस्ताक्षरित शोक वक्तव्यमा स्वर्गीय जुहारचनको निधनप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै समवेदना प्रकट गरेको छ ।

यसैगरी सविधान सभा सदस्य जुहारचनको निधनप्रति नेकपा (माओवादी केन्द) मुस्ताङले पनि शोक वक्तव्य प्रकाशित गरी श्रद्धान्जली अर्पण गरेको पार्टीका जिल्ला समन्वय समिति संयोजक विकले जानकारी दिनुभयो ।


प्रतिक्रिया