ओझेलमा ‘घैलुङ’ गुफा

जोमसोम ।

झन्डै नौ सय वर्ष पुरानो मुस्ताङको घरपझोङ—३ स्याङ स्थित ‘घैलुङ’ गुफा ओझेलमा परेको छ । प्राचिन कालमा लामाहरुले ध्यान गरेर बस्ने यो गुफा आवश्यक प्रचार÷प्रसार हुन नसक्दा ओझेलमा पर्दैआईरहेको छ ।

मुस्ताङ सदरमुकाम जोमसोम र स्याङ गाउँ नजिकै स्याङ खोलाको अग्लो पहाडमा अवस्थित घैलुङ गुफामा लामाहरुले ध्यान साधना गर्ने गरेको स्याङ गाउँकी पूर्वआमा समुहकी अध्यक्ष सनदेवी थकालीले जानकारी दिनुभयो । पछिल्लो सयम यहाँको घैलुङ गुफामा लामाहरुले ध्यान गर्ने प्रचलन हराउँदै जान थालेको समुहका पूर्व अध्यक्ष थकालीले उल्लेख गर्नुभयो । ‘ यहाँ पहिलो लामाहरुले ध्यान (छम) बस्ने चलन थियो, दुई वर्षअघि पनि सिक्किमबाट लामाहरु आएर ध्यान गरेर गएका थिए,’समुहका पूर्व अध्यक्ष थकालीले थप्नुभयो,‘ अचेल त स्याङ गाउँ भित्रकै आनी गुम्बामा ध्यान गर्न थालेपछि घैलुङ गुफा  गुमनाम बनेको छ ।’

यहाँको घैलुङ गुफा स्याङ खोलाको पक्की पुल नजिकैबाट पञ्चिमतर्फ बगरै बगर पैदल यात्रा गरेर २५ मिनेट पुग्न सकिन्छ । तर सदरमुकाम नजिकै भएरपनि यहाँको गुफालाई पर्यटन प्रर्वद्धन गर्न नसक्दा घैलुङ गुफा ओझेलमा परेको समुहका पूर्व  अध्यक्ष थकालीको भनाई छ । मुस्ताङमा बर्सेनि ८ लाख बढी पर्यटक भित्रिदा स्याङ गाउँ नजिकै रहेको घैलुङ गुफा ओझेलमा परेको पूर्व अध्यक्ष थकालीको भनाई छ ।

 परापूर्व कालमा यहाँका बुद्धिस लामाहरुले बौद्ध शिक्षा हासिल गर्न गुफा र ओढारमा कसैले नदेख्ने गरी २÷३ वर्षसम्म ध्यान गरेर बस्ने गथ्र्ये । यसकार्यलाई स्थानीय भाषामा (छम) बस्ने भन्ने गरिएको छ । यहाँको घैलुङ गुफामा तीन वटा कोठाहरु छन् । लामाहरुले ध्यान गर्दा आवश्यक पर्ने पुजा कोठा, भान्छा कोठार र पकाएर खाने किचन कोठा रहेको समुहका पूर्व अध्यक्ष थकालीले बताउँनुभयो । गुफामा अझै पनि पुजाका सामग्री र पकाएर खाने सामानहरु रहेका छन् । गुफाको पुजाका कोठाहरुमा लुङ्ताहरु झुन्ड्याएका छन् ।

 घरपझोङ—३ स्याङ गाउँको अधिनमा रहेको यहाँको घैलुङ गुफाको संरक्षण स्थानीय जनकल्याण युवाक्लव, गाउँ र आमा समुह लगायतले रेखदेख गर्ने गरिएको छ । गुफाको बाहिरी परिसरमा रातो माटोले रङ्ग्याईएर आकर्षक तुल्याएको छ । पछिल्लो समय स्याङ गुफा तलको खोलाको डिलबाट गुफासम्म रेलिङसहितको सिंढी बाटो समेत निर्माण गरिएको छ ।


प्रतिक्रिया