मुस्ताङ,१०, असोज ।
मुस्ताङमा सवारी साधन आवागमन पूर्ण रुपमा बन्द गरिएको छ । लगातार बिहिबारदेखिको निरन्तर वर्षा, हिमपात र केही स्थानमा पहिरो समेत खसेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले संम्भावित जोखिम तथा क्षति न्यूनिकरणलाई मध्यनजर गर्दै शनिबार दिनको समयमा समेत मुस्ताङ सडकमा सवारी साधन आवागमनमा रोक लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीद्वारा हस्ताक्षरित सूचना अनुसार यसअघि रातिको समयमा सवारी साधन चलाउन रोक लगाईएको निर्णय सूचनामा सम्भावित विपद् जोखिम संवेदनशिलता देखिएकाले पूर्व सूचनालाई यथावत राखी शनिबार आज दिउँसोको समयमा समेत मुस्ताङ सडकमा सवारी साधनको आवागमन पूर्ण रुपमा बन्द गरिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको शुक्रबार प्राप्त सूचना अनुसार मुस्ताङ जिल्ला विपद् जोखिमको दृष्ट्रिकोणले संवेदनशिल देखिएको र मुस्ताङ जिल्लामा निरन्तर वर्षा र हिमपात भईरहेकाले मुस्ताङका सडकहरुमा सवारी साधन सञ्चालनमा पूर्ण रुपमा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीले जानकारी दिनुभयो । मुस्ताङमा केही स्थानमा पहिरो खस्ने क्रम जारी रहेकाले रातिको समयमा पूर्व प्रकाशित सूचना बमोजिम आज दिउँसोको समयमा समेत सवारी साधनको आवागमनमा रोक लगाउँनु परेको उहाँको भनाई छ ।

पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता