यहाँको उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ । सोमबार साँझदेखि परेको अविरल वर्षा र हिमपातका कारण विद्युत सेवा अवरुद्ध भएको हो ।
मुस्ताङको थासाङदेखि कोरलानाकासम्मको ११ केभी प्रशारण लाईनको विद्युत पोल तथा तारहरुमा वर्षा र हिमपातले क्षति पु¥याएपछि निलगिरी उपभोक्ता सहकारी संस्था अन्तर्गत मुस्ताङको वारागुङ—३ समरदेखि कोरलासम्म र कागबेनीदेखि मुक्तिनाथ क्षेत्रका स्थानको विद्युत सेवा अवरुद्ध भएको निलगिरी उपभोक्ता सहकारी संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले जानकारी दिनुभयो ।
संस्थाले एक सूचना प्रकाशित गरी प्रतिकुल मौसमका कारण मुक्तिनाथ क्षेत्रमा अवरुद्ध विद्युत सेवा समाधानका लागि संम्वन्धित स्थानमा प्राविधिक टोली खटाईसकेको जनाएको छ ।
यसैगरी भारी हिमपातका कारण उपल्लो मुस्ताङमा अवरुद्ध विद्युत सेवा समाधानका लागि अनुकुल मौसम हुनासाथ सो क्षेत्रमा विद्युत मर्मत सुधारकार्य गर्न प्राविधिक टोली खटाईने संस्थाका कार्यालय प्रमुख थकालीले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली