जोमसोम— मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फामा संञ्चालित ३२ होटल र ५ वटा उद्योगहरुमा बालश्रमिकहरुको अनुगमन गरिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाले मंगलबार मुस्ताङको मार्फामा बालश्रमिकको तथ्यांक संकलन, तथा बालश्रमिक अनुमगनका साथै बालश्रम मुक्त स्टिकर टाँस गरेको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको कार्यक्रममा घरपझोङ बाल अधिकार समिति, जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, सामाजिक विकास कार्यालय, जिल्ला अदालत, पर्यटन तथा उद्योग कार्यालय, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) र पत्रकार लगायतका आधा दर्जन सघसंस्थाको समन्वय र सहकार्य गरेका थिए ।
गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाली लगायत स्थानीय तहका जनप्रतिनिधि,कर्मचारी र विभिन्न सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको रोहबरमा बालश्रमिक अनुगमन गरिएको हो ।
कुनै पनि रोजगारमूलक होटल तथा उद्योगहरुले बालबालिकाहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा श्रममूलक काममा परिचालन गरेनगरेको एकिन गर्न मुस्ताङको मार्फामा बालश्रमिकहरुको तथ्यांक संकलन तथा अनुगमन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सरिता थकालीले जानकारी दिनुभयो ।
शाखा प्रमुख थकालीले सोह्र वर्ष भन्दा मुनिका बालबालिकाकालाई कुनै पनि कामकाजमा खटाएर श्रमको शोषण गर्न नपाईने कानुनले निर्दिष्ट गरेको बताउँनुभयो । शाखा प्रमुख थकालीले अठार वर्षदेखि सोह्र वर्ष माथिका बालबालिकालाई निश्चित कानुनले तोकिएको बमोजिमको मात्रै कामकाजमा लगाउने पाईने उल्लेख गर्नुभयो ।
बालबालिकालाई श्रममूलक कामकाजमा लगाउनु कानुनी रुपमा दण्डनीय रहेकाले यसप्रति सचेत रहने मुस्ताङको मार्फामा रहेका होटल तथा डिस्टिलरी उद्योग कम्पनीलाई सचेत गराईएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिनुभयो । बालश्रमिक गरेको छैन र गर्दिन भन्ने प्रतिवद्धता जनाउँदै व्यवसायीहरुलाई प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गराईएको उपाध्यक्ष थकालीको भनाई छ ।
घरपझोङको बालश्रमिक अनुगमनका क्रममा ३४ होटल र ५ डिस्टिलरी कम्पनीले बालश्रम नगरेको गाउँपालिका उपाध्यक्ष थकालीले उल्लेख गर्नुभयो । अनुगमन गरिएका मार्फाका सबै होटल तथा उद्योगहरुमा बालश्रम मुक्त स्टिकर समेत टाँस्ने काम भएको उहाँले जनाउँनुभयो ।
घरपझोङ गाउँपालिकाले गाउँपालिका भित्र सञ्चालित होटल तथा उद्योगहरुमा बालश्रमिकहरुको निरन्तर अनुगमन गर्ने जनाएको छ । बाल श्रम होटलको रुपमा प्रतिवद्धवता जनाईसकेका होटलहरुले नियम उलंघन गरी बालश्रमको शोषण गरेको पत्ता लागेमा कानुन बमोजिक कारवाहीको प्रक्रिया अघि बढाउने गाउँपालिकाले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता