यहाँको थासाङ गाउँपालिका—२ सौरु स्थित कालिगण्डकी नदी किनारामा एक युवकको शव मृत फेला परेको छ । यहाँको थासाङ—२ सौरु निवासी २२ वर्षीय युवक विसन गुरुङको मृत शव आईबार साँझ अन्दाजी ६ बजे सोही स्थानको कालिगण्डकी नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
गुरुङको मृत शव कालिगण्डकी किनारामा रहेको सूचनापछि थासाङ—२ स्थित कोवाङबाट प्रहरी सहायक निरीक्षक उदयबहादुर अधिकारीसहितको तीन जना प्रहरी टोली थासाङ—२ सौरु स्थित कालिगण्डकी किनाराको घटनास्थलमा पुगेको थियो । यसलगत्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी निरीक्षक सन्तोष वस्यालको कमाण्डमा नौ जनाको प्रहरी टोली सोमबार बिहान घटना स्थलमा पुगेको थियो ।
यहाँ स्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार आईतबार साँझ थासाङ—२ सौरु स्थित कालिगण्डकी किनारामा एक युवक मृत अवस्थामा फेला परेको पुष्टि गर्नुभयो ।
उहाँका अनुसार घटनास्थलमा पुगेर त्यहाँको आवश्यक अनुसन्धान प्रक्रिया र घटनास्थलको मुचुल्का तयार गरी युवकको शव परीक्षणका लागि जोमसोम स्थित प्रदेश अस्पतालमा पठाईएको जानकारी दिनुभयो । घटना संम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।¬
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता