सामाजिक कार्यबाट मुक्त हुने ‘थच्याङ’ हिमाली संस्कृति

जोमसोम -  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ ताङ्वेमा बसोबास गर्ने ताङ्वे गुरुङ समुदायको एउँटा अजिवको एक मौलिक संस्कृति हो थच्र्याङ । थच्याङ संस्कृति कुनै पर्व नभई व्यक्तिको उमेर हद कट्यो भन्ने सन्देश प्रवाह गर्छ । ताङ्वे गुरुङ समुदायमा ५७ वर्ष कटेपछि त्यस्ता व्यक्तिले स्वेच्छिक रुपमा थच्र्याङ गर्छन ।

 ‘थच्र्याङ’को शाब्दिक अर्थ हो सामाजिक बन्धनबाट मुक्त हुनु ।यो संस्कृति हिमाली भेंकका ताङ्वे गुरुङ समुदायहरुको सदिंयौदेखि चल्दै आईरहेको पुरानो सांस्कृतिक प्रचलनको रुपमा लिने गरिएको छ । मुस्ताङमा अझै पनि मुखियाप्रथा विद्यमान छ । मुखियाको अगुवाईमा हरेक सामाजिक कामकाजहरु सम्पन्न हुने गर्छ । गाउँ समाजको बैठक, भेला,खेतीपातीको काजदेखि गाउँमा हरेक कामका सूचना प्रवाह गर्ने कटुवाल (छो)  लगायतको काम आलोपालो समाजमा बस्नेले गर्नुपर्ने हुन्छ । गाउँ समाजले तोकेको जिम्मेवारी पुरा नगरेमा वा गाउँ समाजको कुनै कार्यहरु अनुउपस्थित भएमा गाउँसमाजलाई जरिवाना तिर्नुपर्ने हुन्छ ।

 गाउँ समाजले तोकेको यसप्रकारका जिम्मेवारीबाट छुट्करा पाउँन ताङ्वे समुदायका गुरुङले ५७ वर्ष पुगेपछि थच्र्याङ गर्ने प्रचलन अझै जिवन्त रहेको ताङ्वे समाजकी अगुवा  संगिता ताङ्वे गुरुङले जानकारी दिनुभयो । ‘ हाम्रो समाजमा ५७ वर्ष नपुगिकन थच्र्याङ गर्न पाईदैन, थच्र्याङ गरेपछि सामाजिक कार्यबाट उ मुक्त भयो भन्ने सन्देशसहितको संस्कृति हो’ अगुवा सगिता ताङ्वे गुरुङले भन्नुभयो,‘ गाउँले बोलाएको र तोकेको जिम्मेवारीबाट थच्र्याङ गर्ने व्यक्ति मुक्त हुन्छ, यद्यपी स्वच्छिक रुपमा काम गर्ने व्यक्तिलाई थच्र्याङले अवरोध पार्दैन ।’

 ताङ्वे समाजमा ५७ वर्ष पुगेको उत्सव थच्र्याङ सबैका लागि अनिवार्य हुँदैन । यो समुदायमा सक्नेले थच्र्याङ गर्छन, नसक्ने व्यक्तिलाई थच्र्याङ गर्नुपर्छ भन्ने अनिवार्य नहुने ताङ्वे समाजकी अगुवा संगिताले उल्लेख गर्नुभयो । थच्र्याङ व्यक्ति र परिवारसंग जोडिएको एक पृथक संस्कृति हो । पहिला पहिला बिहेबारी धुमधामले गर्न नसकेकाहरुले जिवनको उर्तरार्धमा थच्र्यांङ संस्कृति मार्फत उत्सवको रुपमा मनाउने अवसरको रुपमा लिने गरेको समाजकी अगुवा संगिता ताङ्वे गुरुङले जानकारी दिनुभयो । यो ्रप्रचलन ताङ्वे गुरुङ समुदायमा मात्रै सीमित छैन । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका १९ वटै गाउँका गुरुङ समुदायहरुले स्वच्छिक रुपमा ५७ वर्ष कटेपछि थच्र्याङ पर्व मनाउने प्रचलन रहेको संगिता ताङ्वे गुरुङको भनाई छ ।

ताङ्वे समुदायमा ५७ वर्ष पुगेका व्यक्तिको थच्र्याङ गर्दा कुलदेवताको पुजा गर्ने प्रचलन छ ।  थच्र्याङ दुई दिन सम्म चल्छ । यसअवधिमा हिमालको कुलदेवतादेखि समुन्द्र भित्र सम्म सांस्कृतिक प्रचलन अनुसार गीत गाउँदै बिदा माग्ने गरिन्छ ।संसारिक दुनियाको प्राणी जगत,वनस्पती लगायतबाट छुट्करा पाउँने संस्कृति प्रचलन हो थच्र्याङ । थच्र्याङ गर्ने ५७ वर्ष कटेको व्यक्ति र परिवारलाई गाउसमाजले ठेकीमा छ्याङ रक्सी र खाता लगेर पहिलो आर्शिवाद दिने गरिन्छ । त्यसपछि ताङ्वे समुदाय र अन्य साथीभाई ईष्ट्रमित्रहरुले खाता लगाईदिएर आर्शिवाद दिने प्रचलन छ । आर्शिवाद दिंदा पुरुष व्यक्ति ९९ वर्ष र महिला व्यक्ति ८९ वर्ष बाचोस भन्ने कामना गर्ने गरिन्छ । ताङ्वे समाजमा बिहेबारी गर्दा पुरुष भन्दा महिलाको उमेर १० वर्ष कम हुनुपर्छ भन्ने सांस्कृतिक मान्यता छ ।

 थच्र्याङको दोस्रो तथा अन्तिमदिन थच्र्याङ समापन हुँदा ५७ वर्ष पुगेका व्यक्ति र उसका परिवारलाई घोडामा चढाएर गाउँ परिक्रमा गराईन्छ । घोडामा चढाउँदै समाज र सबै सामु सामाजिक कामबाट मुक्त भएको सन्देश दिदै दिने थच्र्याङ सस्कृतिको मुख्य विशेषता हो ।

सोमबार मुस्ताङको जोमसोममा थच्र्याङ सस्कृति झल्किने गरी परिक्रमा भएको छ । स्थानीय ताङ्वे समाजका व्यक्तिको ५७ वर्ष कटेको उपलक्ष्यमा जोमसोममा थच्र्याङ संस्कृति रौनक देखिएको छ । थच्याङमा कुलदेवतालाई सम्झदै जिवनको गतिशील कर्मबाट मुक्त भयो भन्दै ताङ्वे सांस्कृतिक गुरुङ भाषामा गीत गाउँदै पुरुष र महिलाहरुले थच्र्याङ गर्ने व्यक्ति र परिवारलाई गाउँ परिक्रमा गराईएको हो ।

 ताङ्वे समुदायले थच्र्याङ गर्दा स्वदेश तथा विदेशमा बस्ने सबै समुदायका मानिसहरु एक ठाउँमा भेला हुन्छन् । थच्र्याङले छरिएर रहेका समुदायलाई एक आपसमा जोड्ने पुलको काम गर्ने गरेको स्थानीय देवसिंह ताङ्वेले जानकारी दिनुभयो । थच्र्याङ संस्कृतिमा समुदायका महिला 

तथा पुरुषहरु स्थानीय मौलिक भेषभुषा र गरगहना लगाएर चिटिक्क सजिसजाउ हुने गरेको स्थानीय गुरुङको भनाई छ । थच्र्याङमा नाचगान गरेर आपसमा रमाईलो गरी उत्सवको रुपमा मनाउने प्रचलन रहेको उहाँको भनाई छ ।


प्रतिक्रिया