जोमसोम—
जिल्लाकै एक मात्र प्राविधिक धारतर्फ सिभिल ईन्जिनीयरिङ कक्षा संञ्चालन गर्दैआईरहेको जनहित स्कुलले शुक्रबार ७० औं वार्षिकोत्सव एक कार्यक्रम गरी मनाएको छ । संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङले विद्यालयको ७० औं वार्षिकोत्सको ब्यानर खोलेर समुउद्घाटन गरे ।
विद्यालय वार्षिकोत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्द्रलाल थकाली विद्यालयको हालसम्म भएको कार्यप्रगती विवरण प्रस्तुत गरे । विद्यालयका प्रअ रामचन्द्र अधिकारीले विद्यालयको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरे । वार्षिकोत्सवमा विद्यालयमा स्थापना भएको विभिन्न छात्रवृद्धि अक्षय कोषको आर्थिक सहायता रकम गरिव,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई वितरण गरिएको छ ।
कार्यक्रममा सविधान सभा सदस्य द्धय चन्द्रबहादुर गुरुङ,श्रीमाया थकाली,जिसस प्रमुख माया गुरुङ, गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र प्रजिअ जनकराज पन्त लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
जनहितको वार्षिकोत्सवमा विभिन्न कक्षामा पढ्ने बिद्यार्थीहरुले नृत्य तथा स्वागत गित प्रस्तुत गरेका थिए । जनहित स्कुल २०७६ सालमा नमूना विद्यालयको रुपमा सूचिकृत विद्यालय हो । विद्यालयमा ४६२ जना विद्यार्थी छन् । शिक्षक ÷शिक्षिका र कर्मचारी गरी कुल ४० जना जनशक्ति कार्यरत छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता