मुस्ताङ प्रवेशद्वार घाँसामा आकस्मिक चेकजाँच



जोमसोम—म्याग्दी र मुस्ताङको सिमाक्षेत्र थासाङ गाउँपालिका—४ घाँसामा आईतबार स्थानीय प्रशासन र जिल्ला स्थित संयुक्त सुरक्षा प्रमुख लगायतको टोलीले आकस्मिक  चेकजाँच गरेको छ । राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने सवारी साधनहरुमा संम्भावित लागु औषध लगायतका सामान भित्रिन सक्ने भएकाले प्रशासन र संयुक्त सुरक्षाकर्मीको टोलीले  त्यहाँ  आकस्मिक चेकजाँच गरेको हो ।

मुस्ताङ प्रवेशद्वार घाँसामा   लागुऔषध ओसार—पोसार तथा अन्य अवैंध सामान  मुस्ताङ ल्याउन सक्ने  आशंकालाई मध्यनजर गदै टोलीले त्यहाँ सवारी साधान रोकेर  चेकजाँच गरेको हो । अनुगमनमा  प्रमुख जिल्ला अधिकारी जनराज पन्तसहित नेपाल प्रहरी,सशस्त्र प्रहरी ,नेपाली सेना र एक्याप लगायत १५ जनाको टोली खटिएको थियो ।

सो अवसर आकस्मिक चेकजाँचका क्रममा मुक्तिनाथ दर्शन गर्न आएका भारतीय पर्यटकलाई हाईअल्टिच्युड सम्वन्धि सचेतनामूलक जानकारी  गराईएको थियो । अनुगमनका क्रममा सिडियो पन्तसहित संयुक्त सुरक्षा टोलीले  घाँसादेखि माथिको कोरला सडक तथा प्रदेश आयोजनाहरुको समेत स्थलगत अवलोकन गरेका थिए ।

मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले म्याग्दी हुँदै मुस्ताङ प्रवेश गर्ने सवारी साधनहरुमा अवैंघ सामान ल्याउन सक्ने सरोकारवालाको ध्यानार्कषपछि प्रशासन र प्रहरी लगायतको संयुक्त टोलीले आकस्मिक चेकजाँच गरेको जानकारी दिए ।



प्रतिक्रिया