तस्विर ः राजु लालचन
जोमसोम— मुस्ताङमा निजी कार र मोटर साईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
जोमसोमबाट लेतेतर्फ जाँदै गरेको ना १ च ७६९२ नम्बरको निजी कार र बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाईकल घरपझोङ—२ मार्फा नजिकैको सडकमा मंगलबार साँझ ४ः३० बजे एक आपसमा ठोक्किदा आरु चनौटे—९ गोरखाका मोटरसाईकल चालक अन्दाजी ३२ वर्षीय संञ्जय खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर बोगटीका अनुसार काठमान्डौंबाट अप्पर मुस्ताङ को भ्रमणका लागि आउँदै गर्दा मोटरसाईकल चालक खड्काको कारसंग ठोक्एिर मृत्यु भएको बताईएको छ । दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी नायव उपरीक्षक बोगटीसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले घटनास्थलबाट मोटरसाईकल चालक घाईते खड्कालाई मुस्ताङ अस्पतालमा पू¥याईएको थियो । अस्पताल पू¥याउँदा चिकित्सकले मोटरसाईकल चालक खड्कालाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक बोगटीले जानकारी दिए । प्रहरीका अनुसार मोटर साईकलमा चालक एक्लै रहेको जनाईएको छ ।
दुर्घटनापछि प्रहरीले कारसहित कारका चालक सुन्दर ट्वाटीलाई नियन्त्रणमा लिएको छ । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता