मुस्ताङमा एकैदिन ६ हेली अवतरण



जोमसोम— हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थल  मुक्तिनाथ दर्शनका लागि मंगलबार बिहान भारतीय पर्यटक लिएर एकैदिन ६ वटा हेलि मुक्तिनाथ क्षेत्रमा अवतरण गरे ।काठमान्डौं र पोखराबाट २९ जना भारतीय पर्यटक लिएर विभिन्न एअरलाईन्स कम्पनीको ६ वटा हेलिकोप्टर मुक्तिनाथ क्षेत्रमा अवतरण भएको हो ।

काठमान्डौं र पोखराबाट सिम्रिक एअर,एअर डाईनोष्टिक, मनाङ एअर, अल्टिच्युड हेली र माउण्टेन हेली लगायत ६ वटाले भारतीय दर्शनार्थी पर्यटक लिएर मुक्तिनाथ हेलिप्याडमा अवतरण भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । हेलीमा मुक्तिनाथ दर्शन गर्न आउनेमा कुनै भिआईपि नभई सामान्य भारतीय पर्यटक रहेको प्रहरी नायव उपरीक्षक पाण्डेयले उल्लेख गरे ।

मनसुन सुरु भईसकेकाले बेनी—जोमसोम सडकको अवस्थालाई मध्यनजर गर्दै भारतीय पर्यटकहरु हेलि चढेर सिधै मुक्तिनाथ आएको उनले जनाए । बर्खायाम सुरु भएसंगै मुस्ताङमा  पर्यटक गतिविधि कम भएको छ ।



प्रतिक्रिया