लैंगिक हिंसा विरुद्ध एन.सि.ई. नेपाल मुस्ताङले कार्यक्रम गर्ने

जोमसोम ।

बर्सेनि नोभेम्बर २० देखि डिसेम्बर १० सम्म मनाईने महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शिक्षाका लागि राष्ट्रिय अभियान (एन.सि.ई.) नेपाल मुस्ताङले कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

यसवर्ष ‘प्रविधिको सही सदुपयोग गरौं : लैंगिक हिंसाको अन्त्य गरौं ’ नारासहित देशैभर महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । यसैक्रममा मुस्ताङ पनि शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल मुस्ताङ शाखाले पाईला नेपाल मुस्ताङ शाखाको सहकार्यमा केही कार्यक्रम आयोजना गर्ने तयारी गरेको शाखा संयोजक प्रजु गुरुङले जानकारी दिनुभयो ।

यहाँ आयोजना हुने अभियानका क्रममा एन.सि.इ. नेपाल मुस्ताङले थासाङ गाउँपालिका—१ टुकुचे स्थित योगेन्द्र माध्यमिक विद्यालयमा  कक्षा ८ देखि कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी साईबर सचेतना तथा सामाजिक संञ्जाल र विद्यालयमा हुनसक्ने संम्भावित हिंसा बारेमा सचेतनामूलक कार्यक्रम आयोजना गर्ने तय भएको संयोजक गुरुङको भनाई छ ।


प्रतिक्रिया