मुस्ताङमा हलिउड फिल्म ‘टाँसी’को रौनक, जोमसोमका होटल हाउसफुल

जोमसोम, पहिलो सरगमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ । सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरेका थिए । सोही कथावस्तुलाई लिएर मुस्ताङमा फिल्म ‘टासी’को छायांकन गर्न लागिएको हो ।

हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठुलो जम्बो टोली मुस्ताङ आईपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बताईएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म ‘टासी’ निर्माण गर्न लागेको हो ।

नेपालका विभिन्न जिल्लामा छायांकन गर्ने योजना बनाईरहेको हलिउड फिल्म ‘टासी’ युनिट यतिबेलामा भने छायाँकनका लागि मुस्ताङमा आईपुगेको मुस्ताङ स्थित छायांकन स्थल सहजकर्ता पाल्गेन गुरुङले जानकारी दिनुभयो  सहजकर्ता गुरुङ अनुसार हलिउड फिल्म ‘टासी’का लागि करिव तीन यस भन्दा बढी जनशक्तिसहित ८० भन्दा बढी जीप,साना ठुला सामान बोक्ने ट्रक ५० भन्दा बढी र शौचालय,बाथरुम, किचन र सुत्ने समेतको व्यवस्था भएको १० वटा भन्दा  बढी सवारी साधन मुस्ताङमा भित्रिएको छायांकन स्थल सहजकर्ता गुरुङको भनाई छ ।

सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो आरोही शेर्पाको कथावस्तुमा आधारित फिल्म ‘टासी’को छायांकनका लागि मुस्ताङको जोमसोम र पुथाङ एअरपोर्टका करिव दुई दर्जन होटलहरु एक महिनाका लागि अंग्रिम बुकिङ भईसकेको छायांकन सहजकर्ता पाल्गेन गुरुङले जानकारी दिनुभयो । 

मुस्ताङको घरपझोङ गाउँपालिका—५ को कुछ्प तेरङ्गा गुम्बा र घरपझोङ—१ को लक्कीमा हलिउड फिल्म ‘टासी’को छायाँकन हुने सहजकर्ता गुरुङले उल्लेख गर्नुभयो । यसैगरी थासाङ गाउँपालिकाको बोक्सी खोला र वारागुङ मुक्तिक्षेत्रको पुराङ,झारकोट,धार्काजुङ,फल्याक खेलमैदान र लुप्रा पासमा हलिउड फिल्म ‘टासी’को छायांकन गर्ने योजना रहेको सहजकर्ता गुरुङको भनाई छ ।

 सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको हिमाल आरोहरण, हिमाली सभ्यता यहाँको जैविक विविधता लगायत परिदृष्य फिल्म ‘टासी’मा समेटिने बताईएको छ । मुस्ताङमा यो फिल्म छायांकनका लागि वेडनेस आउटडोर कम्पनीले सम्वन्धित यहाँको स्थानीय तहलाई लोकेशन छायांकनका लागि एक हप्ता अघि राजश्व शुल्क समेत बुझाईसकेको छ ।

मुस्ताङका तीन पालिकामा छायांकन हुने  फिल्म ‘टासी’ को युनिट आएसंगै मुस्ताङको जोमसोमका होटलहरु भरिभराउ भएको पर्यटन व्यवसायी राकेश भट्टचनले जानकारी दिनुभयो । पर्यटन व्यवसायी भट्टचनले राष्ट्रिय गौरवको कोरला सडक सहज भएसंगै मुस्ताङमा हलिउड,बलिउड र कलिउड फिल्म छायांकन गर्ने क्रम बढेको बताउँनुभयो । ‘मुस्ताङमा यसप्रकारका फिल्म छायांकनले यहाँको आर्थिक विकासमा ठुलो योगदान पुग्ने र फिल्मका बाध्यमबाट यहाँको पर्यटन विकास र प्रर्वद्धनमा ठुलो सहयोग पु¥याउँछ ।’

मुस्ताङमा सडक सञ्जालको विकास नहुँदा बलिउड फिल्म ‘खुदा गवाह’ छायांकन भएको थियो । त्यसपछि सबैभन्दा ठुलो लागतको हलिउड चलचित्र ‘टासी’ मुस्ताङमा छायांकन हुन लागेको हो ।

मुस्ताङको धार्मिक तथा पर्वतीय पर्यटन विकासमा यहाँ छायांकन हुने चलचित्रले टेवा पु¥याउने गरेको छ । मुस्ताङमा पछिल्लो दश वर्षको अन्तरालमा दर्जनौ नेपाली,हिन्दी र अंग्रजी फिल्म छायांकन भईसकेका छन् । यसैगरी सट मुभि,म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि पनि मुस्ताङ जिल्ला प्रसिद्ध छायांकन हब बन्दै जान थालेको छ ।


प्रतिक्रिया