जोमसोम ।
थकाली सेवा समिति नेपालको केन्द्रिय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध निर्वाचित हुनु भएको छ । पोखरा स्थित थकाली सेवा समितिको सभाहलमा सम्पन्न चौधौ अधिवेशनले तुलाचनसहित २७ जना केन्द्रिय सदस्यहरु निर्विरोध निर्वाचित गरेको हो ।
थकाली महिलाहरुको समुत्थान र विकासमा अंग्रणी भूमिका निर्वाह गर्नुभएका एवं विभिन्न सामाजिककार्यहरुमा निकै सक्रिय रहनु भएका तुलाचन थकाली समुदायको समुत्थान लागिपर्दैआईरहनु भएका महत्वपूर्ण व्यक्तित्व हुनुहुन्छ । मुस्ताङको थासाङ गाउँपालिका—३ लेते निवासी तुलाचनलाई पोखरामा सम्पन्न थकाली सेवा समिति नेपालको बन्दशत्रले निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो ।
समितिको केन्द्रिय अध्यक्षमा तुलाचनसहित कृष्णप्रसाद शेरचनले अध्यक्ष पदमा दावी गरेपनि समितिको बन्द शत्रले तुलाचनलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । नेपालमा २० वटा र विदेशमा ४ वटा गरी २४ वटा क्षेत्रीय समितिको सहभागिता रहेको अधिवेशनमा २४५ जना अधिवेशन प्रतिनिधिहरुले आगामी तीन वर्षका लागि थकाली सेवा समितिको केन्द्रिय नेतृत्व चयन गरेको हो ।
समितिको केन्द्रिय अध्यक्ष तुलाचनसहित थकाली समितिको क्षेत्रगत रुपमा केन्द्रिय सदस्यहरु पनि निर्वाचित भएका छन् ।
समितिको केन्द्रिय सदस्यमा थासाङ क्षेत्रबाट विपना शेरचन र मनप्रसाद गौचन, जोमसोम क्षेत्रबाट मिमकुमारी शेरचन,दाना तातोपानी म्याग्दी क्षेत्रबाट अमृतमान शेरचन,बुटवल क्षेत्रबाट माया गौचन र धर्मेन्द्र शेरचन,टिकापुर क्षेत्रबाट भिम शेरचन, गल्कोट क्षेत्रबाट चन्द्रप्रसाद गौचन, बाग्लुङ क्षेत्रबाट निर्मल गौचन, कुश्मा क्षेत्रबाट राजु तुलाचन, बेनी क्षेत्रबाट शान्ति भट्टचन,दरबाङ क्षेत्रबाट अनुप गौचन, पोखरा क्षेत्रबाट ओम गौचन,ई. रुचिन्द्र गौचन र योगेन्द्र शेरचन, बिरेठाँटी क्षेत्रबाट कृष्ण गौचन,स्यालीघाङ क्षेत्रबाट भुपालसिंह शेरचन, मुग्लिन क्षेत्रबाट विकास तुलाचन,भैरहवा क्षेत्रबाट संञ्जय शेरचन, रुकुमक्षेत्रबाट बशन्त गौचन र काठमान्डौं क्षेत्रबाट खगेन्द्र भट्टचन,ई. रामकृष्ण शेरचन,मिमप्रसाद शेरचन र विश्व शेरचन निर्विरोध निर्वाचित भएका छन् ।
थकाली सेवा समिति नेपाल केन्द्रको आयोजना तथा थकाली सेवा समिति पोखरा क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि आईतबार तीन दिनसम्म समितिको अधिवेशन चलेको थियो ।
थकाली सेवा समिति नेपाल केन्द्रको विधान अनुसार केन्द्रिय सदस्यहरुमा निर्वाचित सदस्यहरुलाई समावेश गर्ने समितिको पदाधिकारी तथा सदस्य रहने गरी कार्यसमिति निर्माण हुने अध्यक्ष शान्ति तुलाचनले जानकारी दिनुभयो । अध्यक्ष तुलाचनका अनुसार समितिको विधानमा व्यवस्था भएअनुसार निर्वाचित अध्यक्षले चार जना सदस्यहरु कार्यसमितिमा मनोनित गर्न पाउँने व्यवस्था रहेको बताउँनुभयो ।
अल्पसंख्यक समुदायका रुपमा रहेको थकाली समुदायको समुत्थान र विकास एवं थकाली समुदायको धर्म,संस्कृति र परम्पराको संरक्षण,संम्वद्धन र प्रर्वद्धन गर्दै थकाली समुदायलाई एकतावद्ध गर्ने गरी थकाली सेवा समिति नेपाल केन्द्रले देशभरका थकाली समुदायका क्षेत्रगत शाखाहरुसंग समन्वय र सहकार्य गरी अघि बढ्ने अध्यक्ष शान्ति तुलाचनले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली