मुस्ताङमा यात्रुवाहक बसले विपरित दिशाबाट आईरहेको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मोटर साईकलको पछाडी बस्ने एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
बिहिबार साँझ मुक्तिनाथबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ८३ नम्बरको यात्रुवाहक बसले थासाङ गाउँपालिका—३ लेतेबाट टुकुचेतर्फ आउँदै गरेको ग ७ प ५०२० नम्बरको मोटरसाईकललाई थासाङ—२ कोखेठाँडी नजिक राजमार्ग सडकको मोडमा ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएके जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।
दुर्घटना हुँदा मोटर साईकल चालक थासाङ गाउँपालिका—१ टुकुचे बस्ने २८ वर्षीय प्रमाण थकाली गम्भिर घाईते भई प्रदेश अस्पताल जोमसोममा पु¥याउँदा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो ।
यसैगरी सोही घटनामा मोटरसाईकलको पछाडी बस्ने थासाङ गाउँपालिका—१ टुकुचे बस्ने २५ वर्षीया अपेक्षा थकाली घाईते हुनुभएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो । घाईते थकालीको उपचारका लागि एम्बुलेन्समा राखेर पोखरा पठाईएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार दुर्घटनापछि बस र बसका चालक पोखरा महानगरपालिका ३३ बागमारा बस्ने २३ वर्षीय सन्तोष बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता