जनहित विद्यालयको विद्यार्थी ‘क्याप्टेन’ पदमा नितेन र नेहा निर्वाचित :तस्विरसहित

 हिमाली जिल्ला मुस्ताङको एक सरकारी सामुदायिक विद्यालय ,जहाँ पहिलो पटक विद्यालयको विद्यार्थी प्रतिनिधि चयन गर्न लोकतान्त्रिक अभ्यास गरिएको छ । घरपझोङ गाउँपालिका—४ जोमसोममा रहेको जनहित माध्यमिक विद्यालयले शुक्रबार मतदान प्रक्रियाबाट विद्यालयको समग्र विद्यार्थी प्रतिनिधि (क्याप्टेन) छान्ने यसप्रकारको लोकतान्त्रिक अभ्यास गरेको हो ।


विद्यालय शिक्षाको पाठ्यक्रममा निर्वाचन र सोसंग सम्वन्धित पाठहरु समावेश भएका हुनाले निर्वाचन, निर्वाचनमा हुने मतदान लगायतका प्रक्रिया र यसले विद्यार्थीको शिकाई उपलब्धीलाई सहज रुपमा व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले यस्तो अभ्यास गरिएको हो । 

यहाँको जनहित माध्यमिक विद्यालयले शुक्रबार विद्यार्थी प्रतिनिधि (क्याप्टेन) छान्न निर्वाचन अभ्यास गरेको विद्यालयका सहायक प्रधानाध्यापक कर्णबहादुर थकालीले जानकारी दिनुभयो । कक्षा एकदेखि कक्षा  १० सम्मका विद्यार्थीहरु मतदाता हुन पाउँने गरी विद्यालयको समग्र बिेद्यार्थी मध्ये छात्र र छात्रा गरी दुई जना प्रतिनिधि छान्न सकिने गरी निर्वाचन अभ्यास गरेको सहायक प्रधानाध्यापक थकालीको भनाई छ । विद्याथी प्रतिनिधि(क्याप्टेन छान्न पाउँने गरी सञ्चालन गरिएको मतदान कार्यक्रममा विद्यालयका ३३१ जना विद्यार्थीले मतदान गरेको सहायक प्रधानाध्यापक थकाली बताउँनुहुन्छ ।


 विद्यार्थी नेतृत्व चयनका लागि विद्यालयले सम्पूर्ण निर्वाचनका कार्यक्रमहरु चरणवद्ध रुपमा पुरा गरेको थियो । उम्मेदवारी दर्ता,दावी विरोध,अन्तिम नामावली प्रकाशन, प्रचारप्रसार र मौन अवधिको सम्पूर्ण कार्यतालिका सार्वजनिक गरी मतदान अभ्यास गरिएको हो ।

 जिल्ला निर्वाचन कार्यालयको समन्वयमा मतदानमा आवश्यक मतदान छेकेबार र स्वितक छाप लगायत सामाग्री जुटाईएको थियो । विद्यार्थी नेतृत्व चयनका लागि विद्यालयका शिक्षक तथा शिक्षिका र विद्यार्थीहरुलाई सुरक्षा र कर्मचारीका रुपमा परिचालन गरिएको थियो ।

 पहिलो पटक गरिएको यसप्रकारको निर्वाचन अभ्यास अन्तर्गत मतदान प्रक्रियाबाट  छात्र प्रतिनिधि एक र छात्रा प्रतिनिधि एक गरी दुई पदका लागि ६ जना विद्यार्थीले उम्मेदवारी दर्ता गराएका थिए । छात्र तीन र छात्रा तीन गरी छ जनाको उम्मेदवारी परेकोमा  छात्रतर्फ कक्षा १० का विद्यार्थी नितेन गुरुङले १७४ मत प्राप्त गरी छात्र विद्यार्थी प्रतिनिधि(क्याप्टेन) पदमा विजयी हुनुभयो । यसैगरी छात्रातर्फ कक्षा ९ की छात्रा नेहा गुरुङले २०४ मत प्राप्त गरी छात्रा (क्याप्टेन) पदमा विजयी हुनुभयो । मतदानमा कुल खसेको मतमा ९ मत बदर भएको थियो ।


विद्यार्थीहरुलाई मतदान केहो ,किन गरिन्छ, कसरी सञ्चालन गरिन्छ, केका लागि गरिन्छ भन्ने लगायतका विषयमा शुक्ष्म रुपमा विद्यार्थीलाई बुझाउन पहिलो पटक निर्वाचन अभ्यास गरिएको विद्यालयको भनाई छ । यसले पाठ्यपुस्तकमा आधारित निर्वाचन शिक्षालाई व्यवहारिक रुपमा चित्रण गरी सहज रुपमा शिक्षा प्रदान गर्न यस्तो अभ्यास गरिएको सहायक प्रधानाध्यापक कर्णबहादुर थकालीले उल्लेख गर्नुभयो ।

 मतदान प्रक्रियाबाट छानिएका विजयी विद्यार्थी प्रतिनिधि(क्याप्टेन)ले समग्र विद्यार्थीहरुको प्रतिनिधित्व गर्ने सहायक प्रधानाध्यापक थकाली बताउँनुहुन्छ । निर्वाचित छात्र÷छात्रा विद्यार्थी प्रतिनिधिले विद्यालयको समग्र शैक्षिक तथा भौतिक पक्षहरुमा आप्mना आवाजहरु सम्वन्धित स्थानहरुमा राख्न पाउनेछन् । विद्यालय व्यवस्थापन समितिको बैठक र शिक्षक अभिभावक संघको बैठक लगायतमा विद्यार्थी प्रतिनिधिहरुको सहभागिता रहने जनाईएको छ । 


जनहित माध्यमिक विद्यालयले आगामी वर्षहरुमा विद्यालयसंग सम्वन्धित बालक्लव गठन,जुरेस समिति गठन र हरित क्लव गठन लगायतमा विद्यार्थी क्याप्टेन प्रतिनिधिहरुले सहजीकरण गर्ने बताईएको छ । विद्यालयको समग्र शैक्षिक विकासमा यसप्रकारको लोकतान्त्रिक अभ्यासले निकै ठुलो टेवा पु¥याउने अपेक्षा विद्यालयले राखेको छ ।


प्रतिक्रिया