गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल—चीन उत्तरी कोरलाानका अवलोकन गरेको छ । पोखराबाट हवाई मार्ग हुँदै आईतबार बिहान जोमसोम आईपुगेका गृह सचिव रामेश्वर दंगाल, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको टोली सोहीदिन कोरलानाका पुगेर त्यहाँको विस्तृत संम्भव्यता अध्ययन अवलोकन गरेर जोमसोम फर्किएको छ ।
माथिल्लो मुस्ताङ स्थित लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको सहजीकरणमा गृह र अध्यागमन विभागको टोलीले कोरलानाकाको बिषयमा विस्तृत जानकारी लिएका कोरला स्थित अध्यागमन कार्यालयका प्रमुख प्रबेश बडुवालले जानकारी दिनुभयो । टोलीले कोरलानाकामा रहेको अध्यागमन कार्यालयको अस्थायी भवनको निरीक्षण गरेको कार्यालय प्रमुख बडुवालले बताउँनुभयो । यसैगरी गृह र अध्यागमन विभागको टोली लोमान्थाङ—२ न्हेचुङमा रहेका मुस्ताङ भन्सार कार्यालय र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) भवनको निरीक्षण गरेको छ । त्यहाँका भन्सार कार्यालयका प्रमुख रमेश खड्काले नेपाल—चीन मुस्ताङ भन्सार कार्यालयका समस्या र चुनौति लगायतका बिषयमा टोलीलाई जानकारी गराएको छ ।
कोरलानाकाको अवलोकन भ्रमण क्रममा लोमान्थाङ स्थित ईलाका प्रशासन कार्यालयलाई अध्यागमन कार्यालयसंगै व्यवस्थापन गर्ने गरी प्रारम्भिक छलफल भएको छ । समुन्द्री सतहको ४६१० मिटरको अग्लो उचाईमा अवस्थित अध्यागमन कार्यालयलाई न्हेचुङ भन्सार नजिकैको स्थानमा व्यवस्थापन गर्न सकिने लगायतका बिषयमा प्रारम्भिक छलफल भएको अध्यागमन कार्यालयका प्रमुख प्रमेश बडुवालले बताउँनुभयो । त्यहाँ एकिकृत भन्सार,अध्यागमन,सुख्खा बन्दरगाह र सुरक्षा पोष्ट व्यवस्थापन गर्न सकेमा प्रभाविकारी हुने गृह र विभागको टोलीलाई सुझाव पेश गरिएको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टलाई कोरलानाकालाई पर्यटनमार्गका रुपमा विस्तार गर्न चिनियाँ भिसा प्राप्तिको सुविधा स्थानीय स्तरबाटै कुनै न कुनै माध्यम अपनाएर व्यवस्थापन गर्न सकेमा नेपालीहरुका लागि चाईना भ्रमण गर्न सहज हुने बताउँनुभयो । अध्यक्ष बिष्टले काठमान्डौंका चाईनिज दुतावासबाट भिसा लिन जाँदा अन्य नाकाबाट चाईना भ्रमण गर्न सकिने भएकाले यहाँका कोरलानाकाको पर्यटन मार्गलाई गतिशिल बनाउँन चिनियाँ दुतावासको समन्वयमा मुूस्ताङमै बैकल्पिक भिसा प्राप्तिको व्यवस्था गर्न सकिने प्रभावकारी हुने गृह र अध्यागमनको टोलीलाई सुझाव पेश गर्नुभएको छ । अध्यक्ष बिष्टले उपल्लो मुस्ताङमा अध्यागमन विभागले विदेशी पर्यटकहरुलाई उठाउने प्रवेशआज्ञा शुल्क हटाउन समेत माग गर्नुभयो ।
कोरलानाकाको अध्ययन अवलोकका क्रममा गृह सचिव रामेश्व दंगालले कोरलानाका रहेको सरकारी कार्यालयहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । यहाँको कठिन भूगोलमा रहेर राष्ट्र सेवकका रुपमा कर्मचारी तथा सुरक्षा निकायहरुको गृह सचिव दंगाल प्रशंसा गर्नुभयो ।
कोरलानाकालाई नेपाल—चीन अन्तराष्ट्रिय नाकाको रुपमा विकास गर्दै लैजाने गृह सचिव दंगालले जनाउँनुभयो । कोरलानाकामा अध्यागमन कार्यालय स्थापना भई संञ्चालनमा आईसकेको परिप्रेक्ष्यमा यहाँको अध्यागमन कार्यालय भवनबाट सेवा प्रभाव असहज देखिएकाले चाँडो भन्दा चाँडो भवन निर्माणको काम अघि बढाईने जानकारी दिनुभयो । सरकारले चालु आर्थिक वर्ष यहाँको अध्यागमन कार्यालयको भवन निर्माणका तीन करोड बढी बजेट विनियोजन गरिसकेकाले अब उपयुक्त स्थानको पहिचान गरी भवन निर्माणमा जोड दिईने उल्लेख गर्नुभयो ।
कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आईसकेकाले पूर्वाधार निर्माणमा ढिलासुस्ती गर्न नहुने गृह सचिव दंगालको भनाई छ ।‘यो नाका अन्तराष्ट्रिय नाकाको रुपमा विकास भईसकेको छ, यहाँका भन्सारबाट चिनका मालवस्तु पनि पैठारी हुन थालेका छन्,‘ गृह सचिव दंगालले भन्नुभयो,‘ अब भन्सारका सबै पूर्वाधारहरु व्यवस्थापन गर्नेतर्फ लाग्छौ, यहाँका कोरलानाकालाई माउण्ट कैलाश ,सिगात्से र ल्हास पर्यटन मार्गको रुपमा अध्यागमनलाई सहज गराउँछौं ।’
गृह सचिव दंगालले माथिल्लो मुस्ताङमा विदेशी पर्यटकहरुलाई तोकिएको ५०० डलरलाई घटाएर अब दैनिक ५० डलर लाग्ने गरी गृह कार्य अन्तिम चरणमा पुगेको र केहीदिन भित्रै निर्णय भई कार्यान्वयनको चरणमा लैजाने जानकारी दिनुभयो । दैनिक शुल्क कार्यान्वयनमा गएको अवस्थामा विदेशी पर्यटकहरुलाई कारलानाका हुँदै नेपाल भ्रमण गर्न निकै ठुलो सहज पुग्ने बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली