रहेनन् पूर्व शिक्षक एवं जोमसोम गाउँ मुखिया रामप्रसाद थकाली

जोमसोम ।

पूर्व शिक्षक एवं पूर्व जोमसोम गाउँमुखिया रामप्रसाद थकालीको शनिबार मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ । क्यान्सर रोगले ग्रष्त उहाँको ८१ वर्षको उमेरमा निधन भएको हो ।

वि.स. २००२ सालमा मुस्ताङको जोमसोममा जन्मिएका थकालीले सरकारी तथा सामाजिक सेवामा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । जिल्ला दुरसञ्चार संस्थान जोमसोममा समेत काम गरिसकेका थकालीले वारागुङ मुक्तिक्षेत्र—३ ताङ्वे स्थित ताङ्वे प्राथमिक विद्यालयमा लामो समयसम्म प्रधानाध्यापकको रुपमा रहेर शैक्षिक योगदान गर्नुभएको थियो ।

यसैगरी जोमसोम गाउँको गाउँमुखिया भएर आफुले पाएको जिम्मेवारी समाजहितका लागि काम गर्नुभएका थकाली पूर्व वडाध्यक्ष भई जनप्रतिनिधिको रुपमा समेत काम गरिसक्नुभएको छ ।

थकाली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुस्ताङका कार्यवाहक सभापति भिषण थकालीका बुवा हुनुहुन्छ । स्वर्गीय थकालीका श्रीमति, छोरा बुहारी र नातीनातिना हुनुहुन्छ ।

 स्वर्गीय थकालीको पार्थिव शरिरलाई पोखरा स्थित तीन गाउँले थकाली सेवा समितिको समाजघरबाट अन्येष्टिका लागि पोखरा रामघाटमा दाहसंस्कार गरिएको छ । स्वर्गीय थकालीका पार्थिव शरिरलाई प्रदेशसभा सदस्य विकल शेरचन, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन ,घरपझोङ—४ का वडाध्यक्ष यमप्रसाद थकाली लगायत थासाङ थकाली सेवा समाजका सदस्यहरुले भावपूर्ण श्रद्धान्जली अर्पण गर्नुभएको थियो


प्रतिक्रिया