मुस्ताङमा ११६ औं अन्तराष्ट्रिय महिला दिवस मनाईएको छ ।‘सबै महिला र बालबालिकाको लागि अधिकार,न्याय । कार्यसहितको अवसर’मूल नारासहित आईतबार यहाँ स्थित घरपझोङ गाउँपालिका—४ जोमसोममा अन्तराष्ट्रिय महिला दिवस मनाईएको हो ।
मुस्ताङ स्थित एकिकृत सेवा कार्यालय तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका सरक्षण कार्यालय (एक्याप) जोमसोमको संयुक्त आयोजना तथा घरपझोङगाउँपालिकाको समन्वयमा अन्तराष्ट्रिय महिला दिवस प्रभातफेरी र अन्तरक्रियाँ कार्यक्रम गरी मनाईएको एकिकृत सेवा कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो ।
यहाँ आयोजित अन्तराष्ट्रिय महिला दिवसका अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले सहभागित जनाएका थिए । यसअघि महिला दिवसका अवसरमा जिल्ला समन्वय समिति प्रमुख माया गुरुङसहित स्थानीय प्रशासन,सुरक्षा निकाय, जोमसोम महिला समुह,पुथाङ आमा समुह,पाईला नेपाल लगायत स्थानीय नागरिकहरुले प्रभातफेरी कार्यक्रम र महिला सशक्तिकरण सम्वन्धि सचेतनामूलक कार्यक्रममा उपस्थिती जनाएका थिए ।
मुस्ताङको पुथाङ एयरपोर्टबाट महिला हकअधिकार सम्वन्धि विभिन्न प्लेकार्ड र ब्यानरसहित सुरु भएको महिला प्रभातफेरीले जोमसोम बजार परिक्रमा गरी घरपझोङ गाउँपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरेको थियो ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट महिला सशक्तिकरण,लैङ्गिक तथा घरेलु हिंसा न्यूनिकरण तथा डिजिटल अपराध सम्वन्धि सचेतनामूलक प्रस्तुतीकरण गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता