फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मुस्ताङमा प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएको छ । यहाँ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको मतगणना शुक्रबार सकिएपछि शनिबार प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको मतगणना सुरु गरिएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मुस्ताङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणनामा नेपाली कांग्रेसले दुई हजार ५२१ मत प्राप्त गरी जिल्लामा पहिलो भएको हो । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई हजार ३१३ मत प्राप्त गरी दोस्रो भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी नेकपा (एमाले)ले ९०४ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले १२६ मत,राष्ट्रिय प्रजातन्त्र पार्टीले १२३ मत र श्रमसंस्कृति पार्टीले १३६ मत पाएको जनाईएको छ ।
प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ मुस्ताङमा ६ हजार ६७६ मत गणना गरिएको थियो । जसमध्ये ९० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वि.स. २०७९ सालको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा यहाँ नेकपा(एमाले)ले समानुपातिकतर्फ धेरै मत प्राप्त गरी पहिलो बनेको थियो । यसपालि एमाले समानुपातिकतर्फ तेस्रो स्थानमा खुम्चिन पुगेको छ । यसैगरी नेपाली कांग्रेसको पनि समानुपातिक मत घटेपनि यसपालि को निर्वाचनमा समानुपातिक तर्फ धेरै मत पाउँने पहिलो पार्टी बनेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले यसपालि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ७५९ मत पाएतापनि समानुपातिकतर्फ भने उक्त मत संख्या भन्दा एक हजार ५५४ मत बढाएको छ ।
एमालेका उम्मेदवार ईन्द्रधारा ढाडु बिष्टले प्रत्यक्षतर्फ पाएको मत संख्या भन्दा ६०० समानुपातिक मत कम खसेको छ । काँग्रेसका विजयी उम्मेदवार योगेश गौचन थकालीले प्रत्यक्षमा पाएको मत संख्या भन्दा ७८६ समानुपातिक मत कम खसेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता