नेपाल—चिन उत्तरी कोरलानाका जोड्ने माथिल्लो मुस्ताङ स्थित लोमान्थाङ रिङरोड सडक कालोपत्र गरिने भएको छ । लोमान्थाङ गाउँपालिकाको वडा १,२ र ५ वडालाई जोड्ने गरी सडक डिभिजन कार्यालय बाग्लुङले कालोपत्र गर्ने तयारी गरेको हो ।
लोमान्थाङ स्थित रिङरोड सडकलाई कोरलानाका जाड्ने बैकल्पिक मार्गको रुपमा रिङरोड सडक विस्तार गरिएको थियो । गण्डकी प्रदेश सरकारले यहाँ ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडक अन्तर्गत २४ करोड लागतमा १० दशमलव ५ किलोमिटर सडक निर्माण सम्पन्न गरेको थियो ।लोमान्थाङबाट ठिङ्गर,किम्लिङ,चुमजुङ,नाम्डो हुँदै कोरलानाका जाड्ने छोसेर नेचुङ स्थित मुख्य राजमार्ग सडकसम्म रिङरोड सडक विस्तार गरिएको थियो ।
गण्डकी प्रदेश सरकारले यहाँ निर्माण गरेको रिङरोड सडकमा कालोपत्र गर्न संघीय सरकारले योजना अघि बढाएको डिभिजन सडक कार्यालय बाग्लुङका ईन्जिनीयर सागर भण्डारीले जानकारी दिनुभयो । योसंगै माथिल्लो मुस्ताङमा कालोपत्र सडक योजना पहिलो भएको ईन्जिनीयर भण्डारीको भनाई छ ।
लोमान्थाङ स्थित रिङरोड सडकमा प्रिमिक्स कालोपत्र सडक विस्तारका लागि सालबसाली ठेक्का सम्झौता भएको हो । लोमान्थाङ रिङरोड सडकमा कालोपत्र विस्तार गर्नका लागि २ करोड ४४ लाख लागतमा विष्णु दिर्घा शिवालय जेभी बाग्लुङसंग ठेक्का सम्झौता भएको छ । कुल १० दशमलव ५ किलोमिटर लामो रिङरोड सडक मध्ये चालु वर्ष विनियोजित बजेटबाट १९०० मिटर अर्थात करिव दुई किलोमिटर सडकमा कालोपत्र गर्ने लक्ष्य रहेको ईन्जिनीयर भण्डारीको भनाई छ ।
रिङरोड सडक कालोपत्रका लागि आ.व. २०८२÷०८३ को मंसिर २६ गते निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको हो । चालु आ.व.को असार १५ गतेसम्म सम्झौता मुताबिकको कालोपत्र सम्पन्न गरिने योजना रहेको ईन्जिनीयर भण्डारीले जानकारी दिनुभयो । यहाँको लोमान्थाङ रिङरोड सडकमा कालोपत्र सम्पन्न गर्न अस्फाल्ड कालोपत्रका लागि ६० करोड र प्रिमिक्स कालोपत्रका लागि करिव ३५ करोड बढीको बजेट आवश्यकता पर्ने ईन्जिनीयर भण्डारीको भनाई छ ।
यहाँ स्थित लोमान्था रिङरोड सडकमा कालोपत्र विस्तारको योजना अघि बढाउन अत्यधिक चिसो र प्रतिकूल मौसमका कारण योजना अघि बढाउन नसकिएको सडक डिभिजन कार्यालय बाग्लुङको भनाई छ । माथिल्लो मुस्ताङमा चिसो क्रमश कम हुँदै गईरहेकाले बैशाखदेखि कालोपत्र गर्ने कार्य अघि बढाईने ईन्जिनीयर भण्डारीले उल्लेख गर्नुभयो । रिङरोड सडक अन्तर्गत लोमान्थाङ—३ ठिङ्गरदेखि नेचुङतर्फको सडकमा कालोपत्र विस्तार गर्ने लक्ष्य रहेको जनाईएको छ ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले लोमान्थाङ रिङरोड सडकमा कालोपत्र भएमा लोमान्थाङका ग्रामिण बस्तीका स्थानीय नागरिक तथा कोरलानाका आउजाउ गर्ने सवारी तथा मालबाहक साधनलाई निकै सहज पु¥याउने बताउँनुभयो । उहाँले रिङरोड सडकमा कालोपत्र विस्तार गर्न क्रमागत रुपमा निरन्तर बजेटको व्यवस्था गर्न सकेमा लोमान्थाङका ग्रामिण वस्तीमा उत्पादन हुने कृषि उपजको बजारिकरणमा समेत निकै सहज हुने बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली