सदिंयौ वर्ष पुरानो मुस्ताङको घरपझोङ किल्ला संरक्षणको पर्खाईमा छ । लामो ईतिहाँस बोकेको यहाँको घरपझोङ किल्लालाई पर्यटन प्रर्वद्धन तथा ऐतिहाँसिक दस्तावेजको रुपमा जोगाउन आवश्यकता देखिएको छ ।
तिब्बतीयन भाषामा घरपझोङको शाब्दिक अर्थ सबैले रुचाईएको मनपर्दो ठाउँ । स्थानीय भाषामा घरपझोङको अर्को अर्थ हो, राजा बस्ने किल्ला । घरप अर्थात राजा र राज्य गरेको किल्लालाई झोङ भन्ने गरिन्छ ।
समून्द्री सतहको ३००० मिटरको अग्लो उचाईमा अवस्थित घरपझोङ किल्ला ६०० वर्ष अर्थात पन्ध्रौ शताब्दी पुरानो बस्ती रहेको लिखित दस्तावेजरुमा उल्लेख गरिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका—५ ठिनी गाउँ नजिकै अग्लो पहाडको थुम्कोमा अवस्थित घरपझोङ किल्लामा त्यसबेला मानव वस्ती रहेको त्यहाँको सदिंयौं वर्ष पुराना भग्नावेश तथ्यहरुले प्रमाणित गर्दछ ।
मुस्ताङको घरपझोङ गाउँपालिका स्थित ढुम्बा र ठिनी गाउँबीचको विशाल पहाडको थुम्कोमा बसेर त्यसबेलाका राजाहरुले शासन चलाउने गथ्र्ये । यो किल्ला कुनै बेला तिब्बतको एक राज्यको रुपमा स्थापित थियो भन्ने ईतिहाँसमा उल्लेख छ । जतिबेला मार्लुङ राज्य ,सेरिप राज्य भनेझै यो मुस्ताङको यो किल्ला पनि त्यसबेला एक राज्यको रुपमा थियो ।
६०० वर्ष अघि सोही किल्लामा बस्ने तीन दाजुभाई (सुम्व) ले संयुक्त रुपमा घरपझोङ राज्य चलाएको भन्ने ऐतिहाँसिक दस्तावेजमा उल्लेख रहेको ठिनीका स्थानीय जानकार निरज थकाली बताउँनुहुन्छ । राजा थर्कोचेनका तीन भाई( सुम्व)ले राज्य चलाएर बसेको हुनाले यहाँको घरपझोङ किल्लालाई (सुम्व हिल) पनि भन्ने गरिएको स्थानीय थकालीले बताउँनुभयो ।
घरपझोङ किल्ला अहिलेका तीन गाउँले थकाली समुदायहरुको पूख्र्यौली वस्तीको रुपमा लिने गरिन्छ । यस किल्लाका अझै चाखलाग्दा र रोचक तथ्यहरु पनि ऐतिहाँसिक दस्तावेजहरुमा समेटिएका छन् । बाईसे र चौबिसे राज्य हुने बेलामा यहाँको घरपझोङ किल्ला पनि एक राज्यको रुपमा रहेको स्थानीय जानकार थकाली सुनाउनुहुन्छ । त्यसबेला घरपझोङ किल्ला पर्वत राज्यको अधिनमा रहेको थकालीले उल्लेख गर्नुभयो । उहाँका अनुसार त्यसबेला पर्वत राज्यलाई गोर्खा राज्यले कब्जा गरेपछि घरपझोङ किल्ला गोर्खा राज्यमा गाँभिन पुगेको थियो ।
घरपझोङ किल्लाको ईतिहाँससंग नजिक रहेका थकालीका अनुसार त्यसबेला घरपझोङ किल्लामा बस्ने स्थानीयबासीले राज्यको अस्तित्व जोगाउन निकै सघर्ष गर्नुपरेको थियो । पश्चिममा जुम्ला राज्य निकै शक्तिशाली थियो । दक्षिणमा पर्वत र उत्तरमा तिब्बत राज्यको पेलानमा घरपझोङ किल्ला थियो । उक्त समय घरपझोङ राज्यले ठुला ठुला लडाईहरु लड्नु परेको स्थानीय जानकार थकाली बताउँनुहुन्छ । उहाँका अनुसार विशेष गरी जुम्ला राज्यसंग झनै ठुलो र लामो समय लडाई लड्नु परेको थियो ।
हालको ठिनी, स्याङ,मार्फा,चिमाङ र छैरो गाउँका थकालीहरुको ऐतिहाँसिक मूल थातथलोनै घरपझोङ किल्ला रहेको थियो । प्राचिन राज्यको रुपमा रहेको घरपझोङ किल्ला त्यसबेला दक्षिणमा हालको घरपझोङ—१ चिमाङ र उत्तरमा वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा र पान्डा खोलासम्म सीमा रहेको स्थानीय निरज थकालीले उल्लेख गर्नुभयो । त्यसबेला घरपझोङ राज्यको सिमाना रक्षाका लागि चिमाङमा वस्ती बसालिएको थियो । उत्तरतर्फ तिब्बतबाट आएका एक बौद्ध भिक्षुलाई राजा थर्कोचेनले प्राकृतिक विपद्को सामाना गर्न र त्यहाँ अवस्थित बनजंगलको रेखदेख गर्न राखेको ऐतिहाँसिक दस्तावेजमा उल्लेख रहेको थकालीले सुनाउँनुभयो ।
बाईसे र चौबिसे राज्य हुँदा यहाँको घरपझोङ किल्लालाई सुरक्षित स्थानको रुपमा रोजेर वस्ती बसालिएको थियो । यो ठाउँ सत्रुसंग बच्ने छ सय वर्ष अघिको पुरानो सुरक्षित किल्लाको रुपमा रहेको थियो । उक्त समय घरपझोङ किल्लामा बसेर थर्कोचेन अर्थात तीन आँखे राजाले राज्य चलाएको थकालीको भनाई छ ।
सदिंयौ वर्ष पुरानो घरपझोङ किल्लाको नामबाट यहाँको स्थानीय तहको नाम पनि घरपझोङ गाउँपालिका नामाकरण गरिएको हो । घरपझोङ किल्ला यतिबेला पूर्ण रुपमा खण्डहर अवस्थामा छ । किल्लामा त्यसबेला मानव वस्ती रहेको करिव २०० भन्दा बढी पुराना घरका भग्नावशेष संरचना जिवितै अवस्थामा छ । चारैतिर भिरालो अग्लो उचाईको किल्लाका चारैतिर पुराना ढुंगा र माटोले निर्मित घरका भग्नावशेष देख्न सकिन्छ ।
यहाँको घरपझोङ किल्लामा बस्ने राजा थोकरचेन प्रजाहरु करिव दुई वर्षअघि यहाँबाट बस्ती छोडेर अन्यत्र सरेको अनुमान छ । त्यसबेला किल्ला बस्नेहरुलाई सिचाईको सुविधा सुविधा नहुँदा खेतीपाती हुन छाडेपछि वस्ती छोडेर अन्यत्र स्थान्तरण हुन परेको थकालीले बताउँनुभयो । उहाँका अनुसार घरपझोङ किल्लामा बस्ने त्यसबेलाका स्थानीयको पछिल्लो पुस्ताहरु ठिनी,स्याङ,मार्फा, छैरो र चिमाङ लगायतका गाउँमा सरेको उहाँले जनाउँनुभयो ।
घरपझोङ किल्लाको चारैतिरको भागमा संरक्षणका लागि गाउँपालिकाले तारबारसहितको घेराबार निर्माण गरिएको छ । जोमसोम—ढुम्बाताल सडकबाट किल्ला नजिकै जाने कच्चि सडक समेत विस्तार गरिएको छ । यहाँको घरपझोङ किल्ला अवलोकनका लागि पर्यटकका लागि संघीय,प्रादेशिक र स्थानीय सरकारको बजेटले ठिनी खोलादेखि किल्लासम्म रेलिङसहितको पैदलमार्ग निर्माण गरिएको छ । घरपझोङ किल्लामा बस्ने पछिल्लो पुस्ताका थाक पाँच गाउँ उद्दार समितिले घरपझोङ किल्लाको चुचुरोमा चार वर्ष अघि बौद्ध स्तुपा निर्माण गरेको छ । यही किल्लामा बनाईएको स्तुपामा थाक पाँच गाउँका स्थानीयले पितृ पुजा गर्ने प्रचलन छ ।
निकै मनमोहक र आकर्षक स्थानमा रहेको घरपझोङ किल्ला सरक्षण,प्रचार÷प्रसार र पर्यटन प्रर्वद्धनात्मक कार्य गर्न सके ऐतिहाँसिक पर्यटकीय गन्तब्यको रुपमा विकास हुने घरपझोङ—५ का वडाध्यक्ष प्रदिप थकालीले उल्लेख गर्नुभयो । किल्लाको पर्यटन प्रर्वद्धन तथा भौतिक संरचना निर्माणका लागि गाउँपालिकाले गुरुयोजना तयार गरेको भएपनि ठुलो आकारको बजेट आवश्यकता पर्ने भएकाले गुरुयोजना कार्यान्वयन गर्न नसकेको वडाध्यक्ष थकाली बताउँनुहुन्छ ।
घरपझोङ किल्लाबाट निलगिरी र धौलागिरी हिमाल लगायतका हिमऋखंला,कालीगण्डकी करिडोर, ढुम्बाताल,कुछ्प तेरङ्गा गुम्बा,ठिनी,जोमसोम,मार्फा र स्याङ गाउँ लगायतका स्थानहरु निकै लोभलाग्दो देखिने भएकाले घरपझोङ किल्लालाई पर्यटकको लागि दृष्यावलोकन गर्ने सकिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली