जोमसोम— मुस्ताङमा आधा शताब्दी पुरानो ऐतिहाँसिक गौरवमय मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रमको ५१ औं संस्करण शनिबारदेखि पर्यटकीय गाउँ मार्फामा सुरु भएको छ । आन्तरिक खेलकुदको विकास ,पर्यटन प्रर्वद्धन तथा मुस्ताङको ऐतिहाँसिकता,धर्मसंस्कृति र यहाँको जिवन्त मौलिकतालाई संरक्षण ,संम्वद्धन र प्रर्वद्धन गर्ने उद्देश्यले स्थापित मुस्ताङ थाक खेलकुदको ५१ औं संस्करणको बाजागाजासहित मार्फा गाउँ परिक्रमा गरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।
मुस्ताङको जोमसोमदेखि तल्लो क्षेत्रका मुस्ताङी युवाक्लवहरुबिच भलिबल,तारा खेल तथा सांस्कृतिक प्रतिस्पर्धा हुने मुस्ताङ थाक खेलकुदले गाउँगाउँका युवाहरुबिचको सामिप्यता,भातृत्व विकास तथा आपसी भाईचार अभिवृद्धि गर्न टेवा पू¥याउदै आईरहेको छ । प्रतियोगिताले खेलाडीहरुको क्षमता विकास,धर्मसंस्कृति र मौलिकताको प्रचार÷प्रसार एवं लोपोन्मुख तारा खेलको जर्गेना गर्नमा महत्वपूर्ण योगदान पू¥याएको छ । थाक खेलकुदका माध्यमबाट युवाहरुमा नेतृत्व विकास,पर्यटन प्रर्वद्धन,कृषि तथा जैविक विविधताको संरक्षण एवं स्थानीय स्तरमा थाक खेलकुदकै माध्यमबाट पूर्वाधार विकासमा ठुलो योगदान पू¥याउदै आईरहेको सस्थाको सदस्य सोजन हिराचनले उल्लेख गरे ।
मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघको मुख्य आयोजना तथा मिलिजुली युवाक्लव मार्फाको सहआयोजनामा ५१ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम संञ्चालन गर्ने जिम्मा मार्फालाई परेको हो ।
पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकालीले ५१ औ थाक खेलकुदको उद्घाटन गरे । यस्तै, संघीय सांसद योगेश गौचन थकाली,पूर्ववाणिज्य मन्त्री रोमी गौचन थकाली र पूर्व संघीय सांसद एवं पूर्व थाक खेलकुदका अध्यक्ष प्रेमप्रसाद तुलाचनले राष्ट्रिय झन्डा,फिफा भन्डा र थाक खेलकुदको झन्डोक्तलन गरे ।
२०२७ सालमा स्थापना भएको मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले ५४ वर्षको अन्तरालमा ५१ औ संस्करणको प्रतियोगिता मार्फामा आयोजना गरेको हो । बर्सेनि अन्तरक्लव आलोपालो संञ्चालन हुने थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रमले मुस्ताङको समृद्धि र विकासमा ठुलो प्रभाव पारेको छ ।
मुस्ताङमा तिब्बतियन खम्बाको जगजगी भएको अवस्थामा युवाहरुलाई खेलका माध्यमबाट एकत्रित गर्ने उद्देश्यले थाक खेलकुद तथा सांस्कृतिक विकास संघ नामले संस्था दर्ता गरिएको थियो । स्वदेश तथा विदेशमा बस्ने मुस्ताङीहरुको आर्थिक सहयोगमा संञ्चालन हुँदै आईरहेको यसप्रकारको थाक खेलकुदले समग्र युवाहरुको क्षमता दक्षता र आफ्नो प्रतिभालाई प्रस्फुटन गर्ने प्लेटफार्म बनेको संस्थाका सदस्य हिराचनले बताए ।
मुस्ताङमा सडक, बिजुली र संञ्चार जस्ता महत्वपूर्ण स्रोत नहुँदाको विषम अवस्थामा निरन्तर संञ्चालन हुँदै आईरहेको थाक खेलकुद प्रतियोगितालाई मुस्ताङले पर्वको रुपमा ग्रहण गर्ने गरेको थासाङका स्थानीय नविन शेरचनले जानकारी दिए । यसपटकको ५१ औ थाक खेलकुलमा ८ टिममध्ये ६ टिमले सहभागिता जनाउँदै छन् । जोमसोम र स्याङले आन्तरिक कारण देखाउदै प्रतियोगितामा सहभागिता जनाएका छैनन् । मार्फा,टुकुचे,कोवाङ,लेते,ताक्लुङ र घाँसा गरी ६ टिमले थाक खेलकुदमा प्रतिस्पर्धा गर्ने शेरचनको भनाई छ ।
मार्फामा आयोजित ५१ औं संस्करणको थाक खेलकुद तथा सांस्कृतिक प्रतियोगितामा पुरुष भलिबल,खुल्ला महिला भलिबल,आर्चरी र ४० वर्ष नाघेका व्यक्तिहरुबिच धनुषवाण (तारा) खेल प्रतियोगिता हुँदैछ । यस्तै थाक खेलकुदमा सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय कलाकारहरुले सांगितिक प्रस्तुती दिने छन् ।
गौरवमय ५१ औं संस्करणको थाक खेलकुदमा थाक खेलकुद तथा सांस्कृतिक विकास संघलाई योगदान दिएको भन्दै संस्थाका पूर्वअध्यक्ष प्रेमप्रसाद तुलाचन, पूर्व सचिव राजु लालचन,आर्चरीका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी योगेन्द्र शेरचन र बेनी जोमसोम सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिंह शेरचनलाई दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेको छ । यस्तै समुद्घाटनमा संस्थाका नयाँ आजिवन सदस्य तथा थाक खेलकुदलाई आर्थिक सहयोग गर्ने संघ सस्था र व्यक्तिहरुलाई प्रमाणपत्र तथा सम्मान अर्पण गरिएको थियो ।
३ दिनसम्म संञ्चालन हुुने थाक खेलकुद सोमबार सकिने छ । प्रतियोगिताको विजेता र उपविजेताहरुलाई नगद पुरस्कारसहित शिल्ड,मेडल ,ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाईएको छ । थाक खेलकुद बर्सेनि संञ्चालन हुने गर्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली