पोखरामा नेपाल आईडल अडिसन हुँदै
पोखरा— एपीवान टेलिभिजनको निर्माण तथा प्रशारण हुँदै आईरहेको चर्चित गायन रियालिटी शो नेपाल आईडलको पाँचौं सिजनको अडिसन मंगलबार पोखरामा सुरु भएको छ । दुरदराजमा लुकेर बसेका गायन क्षमता भएका प्रतिभाको खोजी गर्दै नेपाल आईडलको टोली पोखरामा आएको हो ।
यसै प्रयोजनाका निम्ति नेपाल आईडलको करिव ७० जनाको जम्बो टोली सोमबारदेखि पोखरा छ ।नेपाल आईडलको पाँचौं संस्करणको अडिसन पुस २१ गतेदेखि झापाको बिर्तामोडबाट सुरुवात गरिएको थियो । आईडल टोलीले त्यसपछि महोत्तरीको बर्दीबास, हेटौडाको मकवानपुर,धनगढीको अत्तरिया, सुर्खेतको बिरेन्द्रनगर, दाङको घोराहीमा प्रि—अडिसन सकेर गण्डकी प्रदेशको राजधानी कास्की पोखरामा आईपुगेको हो । टोलीले पोखराको अडिसनपछि राजधानी काठमान्डौंमा अडिसन आयोजना गर्ने बताईएको छ ।
कास्कीको पोखरा—१७ छोरेपाटन स्थित गुप्तेश्वर महादेव बहुमुखि क्याम्पसको प्राङ्गणमा आयोजित नेपाल आईडलको पाँचौं संस्करणको अडिसन २ दिनसम्म संञ्चालन हुँने जनाईएको छ । पहिलोदिन गण्डकी प्रदेश तथा अन्य स्थानका विभिन्न जिल्लाबाट नेपाल आईडलको अडिसनमा भाग लिन सहभागिहरु पोखरा आईपुगेका छन् । गायन प्रतिभा भएका युवायुवतीहरुको उत्साहजन सहभागिता रहेको आयोजकले नेपाल आईडल सिजन पाँचका कार्यक्रम निर्देशक सुरेश पौडेलले जानकारी दिए । निर्देशक पौडेलका अनुसार पहिलोदिनमा दुई चरणमा अलग÷अलग रुपमा प्रि—जर्जहरुबाट अडिसनमा प्रतिस्पर्धी छनौट गर्ने उल्लेख गरे ।
देशमा युवापंक्तिको विदेश पलायन हुँने क्रम तीब्र रुपमा भईरहेपनि नेपाल आईडलको क्रेज साविक जस्तै उत्साहजन रहेको कार्यक्रम निर्देशक पौडेलको दावी छ ।‘हामीले सुरुवातदेखिनै चिन्ता थियोकी अडिसन कस्तो होला भन्ने,तर,हामीले सोचेको भन्दा बढी यूवा प्रतिभाहरुको सहभागिताले हामीले झनै उत्साहित बनाईदिएको छ, निर्देशक पौडेलले भने,हामी जहाँ जहाँ गयौं त्यहा युवा जनसागर उर्लिएको पायौ.,पोखरा त भन्नै परेन,यहा त आईडल जन्माएको ठाउँनै हो ।’ यसैगरी गुप्तेश्वर महादेव बहुमुखि क्याम्पसका सहायक रामजी पौडेलले नेपाल आईडलको अडिसन आफुहरुको क्याम्पसमा आयोजना हुनु गौरवको बिषय भएको टिप्पणी गरे । उनले अडिसनले क्याम्पसको गरिमा र ईज्यतलाई थप उचाईमा पू¥याउने अपेक्षा गरे ।
नेपाल आईडल सिजन वानको आर्ईडल पोखराका बुद्ध लामा घोषित भएका थिए । गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय दृष्ट्रिकोणले मात्र होईन सगित क्षेत्रमा रुचि राख्ने दिग्गज प्रतिभाहरु पोखरामै रहेकाले पनि नेपाल आईडलको पोखरा अडिसन आफैमा महत्वपूर्ण मानिन्छ । मंगलबार नेपाल आईडलको प्रि—अडिसनमा सहभागि भएकी भरतपुर १० चितवनकी २४ वर्षीया अमोध पौडेल निकै खुसी देखिन्थिन् । नेपाल आईडलमा सहभागि हुन श्रीमानसंगै पोखरा आईपुगेकी पौडेलले २ वर्षकी छोरी सासुससुराको जिम्मा लगाएर अडिसनमा भाग लिन आएको बताईन् । श्रीमान बैंकमा जागिरे रहेको र आफु डेन्टल चिकित्सक कोर्शमा अध्ययनरत उनी बाल्यकालदेखिनै गितसंगिततर्फ रुचि भएकाले प्रतिभा उजागर गर्न अडिसनमा आएको उल्लेख गरिन् ।‘विवाह गर्नु अघि पढ्दैमा व्यस्त रहेकाले यसअघिका अडिसनमा सहभागि हुन पाईन,उनले भनीन्, यसपटकको अडिसनमा समय अनुकुल भएकाले त्यो धोको पुरा गर्ने रहन पलाएको हो ।’
पोखरा—१५ रामबजारकी सुस्मीमा पुन नेपाल अडिसनको अडिसनमा सहभागि जनाउन अडिसनको लामो लाईन्मा बसेकी थिईन् । रामबजार स्थित बालविकास केन्द्रकी शिक्षिका समेत रहेकी पुन निकै धैर्य र उत्साहित हुँदै अडिसनमा नाम दर्ता गर्न लाईनमा बसेकी थिईन् । बाल्यकालदेखि गित गाउने र नाच्ने सौख भएकी पुन लुकेर रहेको प्रतिभालाई उजागर गर्न आएको बताईन् । ‘परिक्षा हो,फेल पास जे हुन्छ, त्यो स्वीकार्य छ,उनले भनीन्,’आफुलाई एक चोटी कोशिस गरेर त हे¥यौं भन्ने लाग्यो, यसैलाई अडिसन स्थलसम्म आईपुगे ।’ गितसंगितका माध्यमले आफुले स्थापित गराउन सक्ने र यसले अन्य ठुला ठुला अवसर जन्माउन सक्ने भएकाले नेपाल आईडलको क्रेज उच्च रहेको पुनको भनाई छ ।
यसैगरी म्याग्दीको बेनीदेखि नेपाल आईडलको प्रतिस्पर्धामा भाग लिन पोखरा आईपुगेका सन्तोष पुन पनि निकै उत्साहित देखिन्थे, साथमा गितार बोकेर अडिसनको लाईनमा खडा भएका पुन एक्लै पोखरा आईपुगे । अडिसन स्थलमा आईपुग्दा म्याग्दीका अन्य साथीहरु पनि भेटिएको खुलाए ।कोरना कहरका कारण लकडाउन भएदेखि गित गाउँन थालेको र त्यसपछि गायनतर्फ झनै रुचि बढ्दै गईरहेको पुनले सुनाए । भारतमा क्लासिकल म्यूजिकको समेत शिक्षा लिएका पुन त्यपछि लगातार गित गाउँदै हिड्न थालेको बताए । नेपाल आईडल मार्फत सुसुप्त अवस्थामा रहेको प्रतिभालाई प्रस्फुटन गरी आफ्नो आवाज अरुलाई सुनाउने धोको रहेको पुनको भनाई छ । मेहनत र साधना भएमा गितसंगिततर्फ पनि राम्रो भविष्य रहेको पुनले उल्लेख गरे । नेपाल अडिसनको संम्पूर्ण व्यवस्थापन पक्ष निकै राम्रो र प्रभावकारी रहेको उनले जनाए ।
नेपाल आईडल सिजन पाँचमा न्हु बर्जाचार्य,कालिप्रसाद बास्कोटा र ईन्दिरा जोशी निर्णायक भूमिकामा रहेका छन् ।कार्यक्रम होस्ट रीमा विश्वकर्मा र आशिफ शाह छन् ।पोखरा अडिसनको पहिलोदिन प्रीअडिसन र दोश्रोदिन अडिसन हुनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली