जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिका—१ छैरोमा अवस्थित ओरालो लाग्दै गरेको सरकारी सामुदायिक विद्यालय अहिले माथि उठ्न थालेको छ । प्रारम्भिक बालविकास कक्षादेखि कक्षा ५ सम्मको पठन÷पाठन हुने गरेको यो विद्यालय बिद्यार्थी संख्या न्यून हुँदै जाँदा कक्षा (१—३)मा खुम्चिन पुगेको थियो ।
घरपझोङ—१ छैरोबासीहरु कतै बिद्यालयमा बिद्यार्थी संख्यानै निल भएर बिद्यालयनै खारेज हुने होकी भन्ने चिन्ता बढिरहेका बेला नयाँ शैक्षिक सत्र सुरु हुनासाथ बिद्यार्थी संख्या तेब्बर बढीले थपिएका छन् ।
छैरो गाउँका स्थानीय एवं बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर रसाईली बिद्यालय व्यवस्थापन समितिको कार्यभार सम्हालेसंगै बिद्यालयले अपेक्षाकृत फट्को मार्न थालेको हो । सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी संख्या घट्दै गईरहेको अवस्थामा अध्यक्ष रसाईलीले बिद्यालयलाई पूर्नरजिवन थालेका छन् । अहिले छैरो आधार भूत बिद्यायलमा बिद्यार्थी संख्या बढेसंगै त्यहाँका अभिभावक तथा शिक्षकहरुमा नयाँ उत्साहको संञ्चार पलाएको छ ।
बेनी—जोमसोम सडक नजिकै रहेको सो बिद्यालयमा कालिगण्डकी पूर्वमा अवस्थित छ । यस वडामा एक संस्थागतसहित ३ सामुदायिक बिद्यालय छ । अहिले वडा सबै बिद्यालयलाई मर्च गरेर एउँटै बृहत नमूना बिद्यालय बनाउन प्रयासमा अध्यक्ष रसाईली । छैरो आधारभुत बिद्यालयमा ३ जना शिक्षक÷शिक्षिका कार्यरत छन् ।
अघिल्लो शैक्षिक सत्रमा त्यहाँ कक्षा ३ सम्मको पढाई चलेको थियो । जसमा १४ जना बिद्यार्थी थिए । अहिले कक्षा ५ सम्मको पढाई संञ्चालन गरेसंगै बिद्यार्थीको संख्या तेब्बरले वृद्धि हुँदै ५५ जना पुगेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रसाईलीले जानकारी दिए । अध्यक्ष रसाईलीले कक्षा ३ सम्मको पढाईलाई ५ सम्म पू¥याए । उनले बिद्यालयमा बढ्ने बालबालिकालाई आवासीय सेवा सुविधा प्रदान गर्न बिद्यालयको आवासीय भवन स्तरोन्नति गर्नुका साथै आवासीय खर्च जोहो गर्न विभिन्न माध्यमबाट सहयोग जुटाएर छात्रावास सुविधा दिलाएका छन् ।
कठिन परिस्थितीका बालबालिकालाई गुणस्तरीय र भरपर्दो शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने हेतुले बिद्यालयलाई माथि उठाउने प्रयास गरेको अध्यक्ष रसाईलीले बताए ।
छैरो आधारभूत बिद्यालयलाई कक्षा ५ सम्म पू¥याईएपछि २ जना शिक्षक अपुग भएको अध्यक्ष रसाईलीले उल्लेख गरे । बिद्यालयका लागि आवश्यक २ जना शिक्षक व्यवस्थापन गर्न घरपझोङ गाउँपालिकामा माग गरेको जानकारी दिए ।
यसरी ओरालो झर्दै गरेको सरकारी बिद्यालय माथि उठाउने प्रयास भएपछि घरपझोङ गाउँपालिकालाई नैतिक दबाव सृजना भएको छ । गरिव तथा बिपन्न बर्गका बालबालिकालाई लक्ष्य गरी बिद्यालय सुधारमा अघि बढेको छैरो आधारभूतका लागि प्रत्यक्ष सहयोग गर्नुपर्ने टट्कारो आवश्यक देखिन्छ ।
पछिल्लो समय बालमैत्री शैक्षिक पूर्वाधार निर्माणका लागि १३ प्रकारका ४५ थान शैक्षिक सामाग्रीको समेत व्यवस्थापन भईसकेको बताईएको छ । यसैगरी बिद्यालयमा दिवा खाजाको समेत व्यवस्था गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता