होमस्टेका महिलालाई उवा र फापर बालीको परिकार बनाउन सिकाउँदै पालिका (तस्विरसहित)

जोमसोम—मुस्ताङको घरपझोङ  गाउँपालिका—५  ठिनी सामुदायिक होमस्टेमा दुई दिने  रैथाने बाली विविधिकरण अभ्यास तालिम तथा प्रर्दशनी सञ्चालन गरिएको छ । तालिम सोमबारदेखि मंगलबारसम्म चलेको थियो । मुस्ताङमा उत्पादित रैथाने बाली उवा र फापरको विविधिकरण तालिम तथा प्रर्दशनीबाट यहाँका १३ जना महिला प्रत्यक्ष  उद्यमी लामान्वित भएका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिकाका लागि आर्थिक वर्ष २०८०÷०८१ का लागि रैथाने बाली प्रवद्र्धनात्म कार्यक्रम संञ्चालनमा छ । यो कार्यक्रम कार्यान्वयनका लागि संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि शाखा विभाग अन्तर्गत बाली विकास तथा जैविक विविधिकरण संरक्षण केन्द्र सशर्त अनुदान प्राप्त भएको थियो । यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन र यहाँका महिलाहरुलाई थप उद्यमीशील बनाएर आर्यआर्जनको ढोका खोल्न घरपझोङमा समिति समेत गठन गरिएको थियो ।

घरपझोङमा रैथाने बाली प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत रैथाने बालीको प्रचार÷प्रसार र सचेतना। रैथाने बालीको महत्व,प्रशोधन मुल्य अभिवृद्धि एवं परिकार विविधिकरण तथा बजारिकणमा सहयोग, विद्यालय फिल्ड जोन बैंक स्थापना, रैथाने बाली संरक्षणका लागि उत्कृष्ट कृषक सम्मान र पुरस्कार र ब्लकमा आवद्ध कृषकलाई मागमा आधारित  रोगकिरा नियन्त्रण लगायतका कार्यक्रम संञ्चालनका क्रममा छन् । 


यसैगरी रैथाने बाली प्रवद्र्धनात्मक अन्तर्गत रैथाने बाली परिकार विविधिकरण तथा प्रर्दशनी ,कोशेली घर संञ्चालन सहयोग, होमस्टे मार्फत रैथाने बाली एवं परिकार प्रवद्र्धन र ब्राण्डिङमा सहयोग पू¥याउने गरी कार्यक्रममा समेटिएको छ ।

लगातार २ आर्थिक वर्षदेखि संञ्चालन हुँदै आईरहेको रैथाने बाली प्रवद्र्धनात्मक कार्यक्रम चालु वर्ष पनि संञ्चालनमा रहेको हो । पर्याप्त बजेट उपलब्ध हुन नसके पनि यहाँको रैथाने बालीको संरक्षण,सम्वद्धन र प्रवद्र्धनका लागि घरपझोङ गाउँपालिकाले प्रभावकारी भूमिका निर्वाह गरेको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिए ।

‘थोरै बजेटले धेरै काम गर्नुपर्ने भएकाले पनि आशिंक कार्यक्रम मोडललाई मिनिमाईज गर्नु परेको  छ,हामीले यहाँका होमस्टे र आमा समुहमा आवद्ध महिलाहरुलाई रैथाने बालीको विविधिकरण तालिम सिकाउने र उक्त परिकारलाई प्रवद्र्धन गर्न कुनै कसुर बाँकी राखेका छैनो,’उनले भने,‘यसले यहाँका रैथाने बालीलाई स्थापित गराउन र यहाँका स्थानीय उत्पादनलाई स्थानीय स्तरमै खपत गराउने  र उद्यमशील बनाउने प्रयास गरिरहेका छौं ।’

 घरपझोङ गाउँपालिका अन्तर्गत कृषि शाखाद्वारा संञ्चालित २ दिने रैथाने बाली विविधिकरण तालिम तथा प्रर्दशनीमा ठिनी गाउँको थकाली सामुदायिक होमस्टेबाट ८ जना, घरपझोङ—३ स्याङ गाउँका स्याङ फोला सामुदायिक होमस्टेबाट ३ जना र घरपझोङ —५ ढुम्बा आमा समुहबाट २ जना महिला गरी १३ जना महिलालाई तालिम दिईएको थियो ।

 रैथाने बाली विविधिकरण तालिम तथा प्रर्दशनीमा स्थानीय प्रशिक्षक जुमा थकालीले सहभागी महिलाहरुलाई उवा र फापर बालीबाट बनाईने विभिन्न विविधिकरण सम्वन्धि तालिम दिएकी थिईन् । तालिममा उवाको परिकार खीर र फापरको परिकारहरु निम्किन,हलुवा, पिज्जा,कुकिज,बटर केक,स्पोन्स केक,पाउरोटी र बिस्कुट बनाउने व्यवहारिक अभ्यास तालिम दिईएको प्रशिक्षक जुमा थकालीले जानकारी दिईन् ।


घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकालीले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर परिकार विविधिकरणमा जोड दिन सके यहाँका पर्यटन व्यवसायमा थप टेवा पुग्ने बताईन् । यस्तै तालिममा सहभागी अनिशा थकालीले तालिममा सिकेका कुरालाई व्यवहारिक रुपमा प्रयोग गर्न सकेमात्र महिलाहरु थप उद्यमीशील बन्ने र यसले आर्थिक समृद्धिमा समेट टेवा पुग्ने जनाईन् ।

समून्द्री सतहको ३ हजार मिटरको उच्च भूगोलमा रैथाने बाली उवा,फापर, जौ आदीको खेती हुन्छ । बर्सेनि एक बाली मात्र उत्पादन हुने यहाँको रैथाने बाली उवा ,फापर र जौ स्याउपछिको मुख्य आम्दानीको श्रोत हो ।

मुस्ताङको फापर सहरबजारका होटलमा फापरको पिठोबाट ढिडो बनाएर पाहुनालाई पस्किने गरिन्छ ।यस्तै, उवा बाली पनि स्थानीय स्तरमै घरेलु मदिरा बनाउन प्रयोग हुन्छ । रैथाने बाली विविधिकरण तालिम अभ्यासले यहाँको रैथाने बालीको उत्पादन प्रवद्र्धन र संरक्षणमा जोड दिने स्थानीय महिलाहरुको भनाई छ  ।


प्रतिक्रिया