जोमसोम— गैरसरकारी संस्था महासंघ नेपाल मुस्ताङ शाखाको अध्यक्षमा घरपझोङ—४ जोमसोमकी रजनी शेरचन सर्वसम्वत निर्वाचित भएकी छिन् । बुधबार सम्पन्न महासंघ मुस्ताङ शाखाको १३ औ साधारण सभा तथा छैटौ अधिवेशनले शेरचनलाई अध्यक्ष पदमा सर्वसम्वत निर्वाचित गरेको हो ।
महासंघको शाखा पदाधिकारीहरुमा उपाध्यक्ष पेमाछेतेन विक, सचिवमा आयुष गुरुङ,सहसचिव संञ्जय थकाली र कोषाध्यक्षमा मायाकुमारी गुरुङ छन् । सदस्यमा रिक्साङ गुरुङ र मोनिका थकाली छन् ।

विभिन्न सामाजिक क्षेत्रमा योगदान पू¥याउँदै आएकी शेरचनले अध्यक्ष पदमा निर्वाचित भएसंगै अब मुस्ताङका संघसंस्थालाई एकतावद्ध गरेर लैजाने प्रतिवद्धता जनाईन् । उनले सबैको सामुहिक प्रयासले मात्र उद्देश्य सफल हुने भएकाले जिल्लामा भएका राम्रा कार्यलाई प्रोत्साहन र नराम्रा र बेथितिहरुलाई निरुत्साहित गर्न पहल गर्ने बताईन् । संस्थाका समस्या र चुनौतीहरुलाई शाखाले सहजीकरण गर्न कुनै कन्जुस्याई नगर्ने अध्यक्ष शेरचनको भनाई छ ।
गैसस महासंघ मुस्ताङ शाखा अध्यक्षमा निर्वाचित रजनी शेरचन पाईली नेपालकी अध्यक्ष हुन् । उनी जनहित माध्यमिक विद्यालयकी पूर्व शिक्षिका हुन भने जोमसोम महिला समुहमा पनि उनको आवद्धता छ ।
यस अघि महासंघको शाखा नेतृत्व चयनका लागि ४ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । महासंघका केन्द्रिय सदस्य राजेन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको निर्वाचन मण्डलमा भिषण थकाली,आईतेलाल थकाली र सुन्दरकुमार थकाली सहभागि थिए । आकांंक्षीहरुको नामावलीबाटै पदाधिकारी तथा सदस्य चयन गरिएको निर्वाचन समितिका संयोजक केन्द्रिय सदस्य राजेन्द्र पौडेलले जानकारी दिए ।
गैसस महासंघका नवनिर्वाचित शाखा पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रिय महासचिव अर्जुन भट्टराईले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
यसअघि गैसस महासंघ मुस्ताङ शाखाकी निवर्तमान अध्यक्ष दुर्गादेवी रसाईलीले प्रगती प्रतिवेदन तथा निवर्तमान सचिव पेमा छेतेन विकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता