जोमसाम— मुस्ताङी साहित्य सर्जक ईन्द्रधारा बिष्टको ‘आमा तिम्रो’गीत युटुव मार्फत सार्वजनिक गरिएको छ । उक्त गीत मोडल निरा थापा मगरको युटुव च्यानलबाट गतहप्ता सार्वजनिक गरिएको छ ।
गीतका सर्जक विष्ट पूर्व सभासद हुन्। उनको घर उपल्लो मुस्ताङको लोमान्थाङमा छ । बिष्ट साहित्य सृजनाका अलावा समाजसेवी ,खेलप्रेमी एर्व राजनीतिक व्यक्तित्व हुन् । साहित्य सृजना अन्तर्गत गीत लेखनमा विशेष अभिरुचि राख्ने सर्जक बिष्टको ‘आमा तिम्रो ’गीत चौथो प्रस्तुती हो । यसअघि उनले लोमान्थाङमै बसम्, बख्खु त लाउनी मुस्ताङी नानी बोलको गीत निकै चर्चित र भाईरल बनेको थियो ।
साहित्य सृजना अन्तर्गत गीती लयमा मुस्ताङको यतार्थ विषय वस्तुलाई शब्दमा उतार्न खप्पिस बिष्टले मुस्ताङको धर्मसंस्कृति,पर्यटन प्रर्वद्धन,जैविक विविधिता र कृषि क्षेत्रको समुत्थान र विकासका लागि शब्द कोर्ने गर्छन । फुर्सदिलो समयमा साहित्य सृजना गर्न रुचाउने सर्जक बिष्टले मुस्ताङमा विकासको लहर छाएको र गाउँ ठाउँमै रोजगारीका लागि प्रसस्त सम्भावना भएकाले गाउँ फर्किन विदेशीका युवाहरुलाई शब्द मार्फत आह्वान गरेका छन् । विदेशीको छोरो गाउँ फर्कियोस र यही केही गरोस भन्ने आमाको तीब्र चाहनालाई गीती भाकाको शब्दमा जिवन्त रुपमा चित्रण गरेका छ ।

नेपाल—चिन कोरलानाकामा बाटो पुगेकोले छोरा अब फर्किने आशाामा विछिप्त बनेकी आमा मुल बाटो कुरेर बसिरहेकी हुन्छन् । यही आएर व्यापा।र गर,कृषि कर्म गर अनि जे गरेपनि यही छ रोजगारीका अवसर भन्ने सन्देश सर्जक बिष्टले गीतमा उतारेका छन् ।
बिष्टको ‘आमा तिम्रो’गीतमा विश्व धोङले गायक छन् । संगित र म्युजिक एरेन्ज पनि धोङकै छ । धोङ स्टुडियोमा रेकर्ड भएको मिक्समाक्स दिपेश प्रधानको छ ।
उपल्लो मुस्ताङको कोरलानाका र चराङका विभिन्न स्थानमा छांयाकन भएको गीतको म्युजिक भिडियोमा सुवास राई र निरा थापा मगरलाई मोडलको रुपमा उतारिएको छ ।
गृह जिल्ला मुस्ताङकै पेरीफेरीलाई समेट्दै गीत कोर्न रुचाउने सर्जक बिष्टले आफ्ना अधिकाँश गीतको म्युजिक भिडियो मुस्ताङमा छायांकन भईरहेका छन् । व्यवसायिकता भन्दा पनि मुस्ताङ जिल्लाकै समृद्धि र विकासका लागि यहाँको वस्तुगत यतार्थ चित्रण गर्न रचाउने सर्जक बिष्टले तिहारपछि पाँचौ आधुनिक गीत ‘ हिमालको काखमा’ सार्वजनिक गर्ने तयारीमा छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता