थाक खेलकुदले ग¥यो ४ जना व्यक्तित्वलाई सम्मान

जोमसोम— मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले शनिबार ४ जना व्यक्तित्वलाई सम्मान गरेको छ । संघको आयोजना तथा मिलिजुली युवाक्लव मार्फाको सहआयोजनामा भएको ५१ औं थाक खेलकुदको समुद्घाटनमा ४ जना व्यक्तित्व सम्मानित भएका हुन् ।

 मार्फामा आयोजित भव्य समारोहमा थाक खेलकुदका पूर्व अध्यक्ष एवं पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचनलाई दोसल्लासहितसम्मानपत्रले सम्मान गरेको हो । तुलाचन थाक खेलकुदको अध्यक्षमा रहदा उल्लेखनीय कार्य गरेको भन्दै संघले संस्थाको तर्फबाट सम्मान गरेको हो । तुलाचनलाई संस्थाका अध्यक्ष कृष्णकुमार शेरचनले दोसल्ला ओढाए भने संघीय सांसद योगेश गौचन थकालीले सम्मानपत्र हस्तान्तरण गरे । सोही समारोहमा संघका पूर्व सचिव राजु लालचन, थाक खेलकुदका पूर्व खेलाडी एवं अन्तराष्ट्रिय आर्चरी खेलाडी योगेन्द्र शेरचन र बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिंहलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरिएको संघका सचिव बिष्णु थकालीले जानकारी दिए ।



प्रतिक्रिया