जोमसोम—प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ क्षेत्रमा संञ्चालित पर्यटन तथा होटेल व्यवसायीहरुलाई प्रहरीले सचेतनामूलक कार्यक्रम गरेको छ । वारागुङ मुक्तिक्षेत्र—१ पुराङ स्थित प्रगती युवाक्लवको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा पर्यटन व्यवसायीलाई लक्षित गरी मंगलबार सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।
मुक्तिनाथमा अवस्थित होटल तथा रेष्टुरेन्ट व्यवसायलाई व्यवस्थित तथा मर्यादित बनाउने र होटलमा हुनसक्ने सम्भावित घटनालाई रोक्न आवश्यक सावधानी अपनाउन ध्यान पू¥याउने बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका प्रनाउ भोजराज पाण्डेयले २ घण्टा लामो प्रशिक्षण दिएका छन् ।
मुक्तिनाथमा पर्यटन व्यवसायीलाई लक्षित गरी संञ्चालन गरिएको यो नै पहिलो कार्यक्रम भएको प्रनाउ पाण्डेयले बताए । होटल व्यवसाय संञ्चालन गर्दा अपनाउनु पर्ने सावधानी,पर्यटक आतिथ्यता र कुनै पनि समस्या पर्दा व्यवसायी र प्रहरीबीचको समन्वय लगायतका बिषयमा प्रनाउ पाण्डेयले पर्यटन व्यवसायीहरुलाई सुझाएका छन् ।
उनले होटलमा बाँस बसेका पर्यटकको सुरक्षाको जिम्मेवारी पर्यटन व्यवसायीकै काँधमा हुने भएकाले कुनै समस्या पर्दा प्रहरीको सहयोग लिन अनुरोध गरे ।‘कहिले काँही कोठामा बसेका पर्यटकहरु असुरक्षित महशुस हुने, सामान हराउने र पर्यटकलाई विभिन्न समस्या आईपर्ने भएकाले त्यस्ता समस्या सावधान गर्न पहिलो दायित्व पर्यटन व्यवसायीकै हुने प्रनाउ पाण्डेयको भनाई ।
मुक्तिनाथको पुराङ रानीपौवा स्थित कुन्गालिङ सामुदायिक भवनमा आयोजित पर्यटनकर्मी सचेतना कार्यक्रममा गाउँसमाज,आमा समुह,युवाक्लव,पर्यटन व्यवसायी र स्थानीय गरी ६२ जनाको सहभागिता रहेको थियो ।
सचेतनामूलक अन्तरिक्रियाँ कार्यक्रममा स्थानीय सरोकारवालाहरुले प्रहरी समक्ष विभिन्न जिज्ञासा राखेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता