जोमसोम—हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका—१ स्थित ओझेलमा परेको छैरो आधारभुत विद्यालयमा अध्ययनरत कक्षा (१—३)का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री (कापी-कलम) वितरण गरिएको छ । भिजन नेपाल संस्थाका अध्यक्ष एवं सामाजिक अभियान्ता शिवचन्द्र न्यौपानेद्धारा त्यहाँका विद्यार्थीहरुलाई शनिबार शैक्षिक सामाग्री वितरण गरिएको हो ।
मुस्ताङको छैरो आधारभुत विद्यालय सदरमुकामसंग जोडिएको गाउँपालिकाका अन्तर्गत रहेपनि विद्यालयको भौतिक तथा शैक्षिक विकासमा ओझेलमा पर्दैआईरहेको विद्यालय हो । दुर्गम जिल्लाहरुका विद्यालयहरुलाई भिजन नेपाल संस्थाले शैक्षिक विकासमा यसप्रकारको योगदान गर्दैआईरहेको छ ।

सो विद्यालय व्यवस्थापन समितिको आयोजनामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा संस्थाका अध्यक्ष शिवचन्द्र न्यौपाने तथा घरपझोङ गाउँपालिकाकी अध्यक्ष जमुना थकाली लगायतले त्यहाँका करिव ३ दर्जन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री कापी र कलम वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर रसाईलीले जानकारी दिए । शैक्षिक सामाग्री कापी र कलम पाएपछि विद्यार्थीहरु निकै खुसी भएको व्यवस्थापन समिति अध्यक्ष रसाईली उल्लेख गरे ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकालीले गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको बताईन् । छैरो जस्तै अन्य सामुदायिक विद्यालयहरु पनि ओझेलमा परेको उल्लेख गर्दै उपाध्यक्ष उपाध्यक्ष थकालीले त्यस्ता ओझेलमा परेका विद्यालयहरुको शैक्षिक विकासमा सबैको सहयोग आवश्यक पर्ने बताईन् ।
भिजन नेपालका अध्यक्ष शिवचन्द्र न्यौपानेले विद्यायलको शैक्षिक एवं बृहत्तर विकासमा विद्यालय,शिक्षक,अभिभावक र विद्यार्थीहरुको समन्वयकारी भूमिका हुन आवश्यक रहेको औल्याए । उनले दुर्गमका ओझेलमा परेका स्कुलहरुको शैक्षिक विकासमा संस्थाले कार्य गर्दैआईरहेको उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर रसाईलीले छैरो स्कुललाई नमूना स्कुलको रुपमा लैजान आफ्नो पहल निरन्तर रहने बताए । उनले ओझेलमा परेको छैरो स्कुलमा भिजन नेपालले पू¥याएको शैक्षिक सहयोग प्रति कृतज्ञता व्यक्त गर्दै आउँदा दिनहरुमा संस्थाको सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरे ।
शैक्षिक सामाग्री सहयोगमा योगदान पू¥याउने भिजन नेपालका अध्यक्ष न्यौपानेलाई जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिले फेदा ओढाएर सम्मान गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता